Shikhar Insurance

गरिमा विकास बैंकका लगानीकर्तालाई १४.५% लाभांश, बोनस सेयर नै १३%

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २५, शुक्रबार ११:१२
NIMB
Nabil Bank

काठमाडाैं । गरिमा विकास बैंकका लगानीकर्ताले १४.५ प्रतिसत लाभांश पाउने भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १३ प्रतिशत (५९ करोड ६८ लाख १३ हजार ५५५ रुपैयाँ) बराबरको बोनस सेयर र कर तिर्न १.५० प्रतिशत नगद (६ करोड ८८ लाख ६३ हजार १०२ रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

अघिल्लो वर्ष  १६ प्रतिशत बोनस सेयर वितरण गरेको बैंकले याे वर्ष भने  १.५० प्रतिशत कम लाभांश वितरणको प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय राष्ट्र बैंकको स्वीकृति तथा र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्