Shikhar Insurance

सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदैछन् : अध्यक्ष कँडेल

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २५, शुक्रबार १६:५२
NIMB
Nabil Bank

काभ्रे । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमा देखिएका समस्या विस्तारै कम हुँदै गएको बताएका छन् । महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले केही समय अगाडि सहकारी क्षेत्रमा धेरै समस्या देखिएको भएपनि ती समस्या विस्तारै कम हुँदै गएको बताएका हुन् । तर, बैंक तथा वित्तीय क्षेत्र जस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत रहेको उनको भनाइ छ ।

उनले सहकारी क्षेत्रका समस्या समाधानका लागि राष्ट्रिय सहकारी महासंघ लागि परेको पनि बताए । ‘केही सहकारीको नियतका कारण राम्रो व्यवस्थापन भएका सहकारीमा पनि समस्या देखियो, अब विस्तारै ती समस्याहरु न्यूनीकरण हुँदै गएका छन्, पछिल्लो समय सहकारीमा तरलताको समस्याका कारण केही संकट देखिएको हो, अब ती समस्या कम हुँदै गएका हुन् कि भन्ने हाम्रो बुझाइ छ,’ उनले कार्यक्रममा भने ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले अब गल्तिहरुलाई औंल्याएर अगाडि बढ्नु पर्ने बताए । यस्तै, उनले सहकारी क्षेत्रका विषयवस्तुलाई सञ्चार क्षेत्रमा प्राथमिकता दिनका लागि सहकारी क्षेत्र र सञ्चार क्षेत्रको सम्बन्ध मजबुद बनाउन आवश्यक रहेको धारणा राखे । राष्ट्रिय सहकारी महासंघ १० वर्षे नीतिहरु अगाडि सारेर काम गरिरहेको बताउँदै उनले सिंगो सहकारी क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताए ।

उनले सहकारी संस्थाहरु पनि अहिले वित्तीय विवरण सार्वजनिक गर्नमा ध्यान दिएको बताउँदै अब विस्तारै सहकारी संस्थाहरुको वास्तविक अवस्था थाहा पाउन सहयोग पुग्ने बताए ।

यस्तै, कार्यक्रममा नेपाल सहकारी समाजका अध्यक्ष काजी श्रेष्ठले पछिल्लो समय सहकारी क्षेत्रका विषयवस्तुले प्राथमिकता पाउँदै गएको बताउँदै अझै यो गतिलाई बढाउँदै लैजानु पर्ने धारणा राखे । उनले पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न क्षमता अभिवृद्धिमुलक कार्यक्रमको आवश्यक पर्ने बताउँदै यस विषयमा सहकारी क्षेत्रमा काम गर्ने निकायले ध्यान दिन जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष डिल्ली प्रसाद सापकोटाले प्रस्तुति दिँदै सहकारी क्षेत्रको वर्तमान विषयवस्तुको विषयमा प्रकाश पारे । उनले पनि सहकारी अभियानकर्मी र सञ्चार क्षेत्रबीच ऐजेण्डाहरुबीच घनिभूत रुपमा संवाद हुन नसकेको बताउँदै यस विषयमा प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने उनको राय छ ।

‘नेपाल सहकारी समाज स्थापनापछि सहकारी क्षेत्रका विषयवस्तुले प्राथमिकता पाएको देखिन्छ, अझैँ पनि सहकारी क्षेत्र र सञ्चार क्षेत्रबीच दोहोरो सञ्चार हुन सकेको छैन, सहकारी अभियानकर्मी र सञ्चार क्षेत्रबीच ऐजेण्डाहरुबीच घनिभूत रुपमा संवाद हुन सकेको छैन, यस विषयमा अभियानकर्मीले ध्यान दिन जुरुरी छ,’ उनले भने ।

सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि आयोजना भएको कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ ।                           

GBIME

प्रतिक्रिया दिनुहोस्