Shikhar Insurance

हिमालयन र सिभिल मिलेपछि बिजनेशमा नयाँ सिजर्नी आउँछ, लगानीकर्तालाई न्याय गर्नेछौं

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २७, आईतवार ११:२६
NIMB
Nabil Bank

एग्रेशिभ बिजनेश गरिरहेको सिभिल बैंकले हिमालयन बैंकसँग विलय हुने सम्झौतामा हस्ताक्षर गरिसकेको छ । हिमालयनको एक सय कित्ता बराबर सिभिलले ८१ कित्ता पाउने गरि असार २९ गते विलय सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । प्रारम्भिक सम्झौताको मर्म अनुसार विलय सम्बन्धी कामहरु धमाधम अघि बढिरहेका छन् । यसै सन्दर्भमा सिंहदरबारले सिभिल बैंकका सिईओ सुनिल पोखरेललाई सोध्यो–‘एग्रेशिभ बिजनेश गरिरहेको छरिटो बैंक र लिगेसीका आधारमा विस्तारै अघि बढिरहेको हिमालयन बैंक मिलेर कसरी अघि बढ्छन् ? संस्थागत संरचना, कार्य प्रणाली र पहिचान नै फरक फरक भएका संस्थाहरुले कसरी थप प्रगति गर्लान् ?

सिभिल बैंकले विगत दुई तीन वर्षदेखि नै मर्जरमा जानुपर्छ भनिरहेको थियो, तर राइट पार्टनरको खोजी जारी थियो । हामीले हिमालयन बैंकलाई राइट पार्टनर देखेपछि गाभिने निष्कर्षमा पुगेका हौं, हिमालयनसँग मिलेपछि चाँडो सिनर्जी आउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

–हामी योङ बैंक हौं, हिमालयन अलरेडी इस्टाब्लिस्ड बैंक हो, हामी स्टार्ट अप शैलीमा सोच्छौं, हिमालयनको पोर्टफोलियो कर्पाेरेट सेन्ट्रिक छ भने हामी रिटेल र एसएमइजमा केन्द्रित छौं । हाम्रो कस्टुमर बेस राम्रो छ । यी दुई गुणलाई एक ठाउँमा ल्याउँदा पोजिटिभ रिजल्ट आउँछ ।

–हाम्रा स्टाफहरु मार्केटमा अलि एग्रेशिभ छन् । हाम्रो एग्रेशन र हिमालयनको ब्राण्ड मिलेपछि बजारमा छुट्टै भाइब्रेशन आउँछ ।

एनआईसी र बैंक अफ एसिया मर्जर भएर बजारमा नयाँ सिनर्जी आएको थियो । बैंक अफ एसिया योङ थियो भने एनआईसी पुरानो बैंक भैसकेको थियो, दुई मिलेर एनआईसी एसिया बैंक भनेर नयाँ ढंगले ग्रोथ गरेका हुन् । हामीले पनि सुरुका पाँच छ महिना ह्युमन क्यापिटलको व्यवस्थापन(चेञ्ज मेनेजमेन्ट)मा ध्यान दिनुपर्छ । एउटै बैंक भित्र दुई वटा बैंक बन्ने अवस्था आउन दिनु हुन्न, लिडरशिपले आफ्नो भूमिका त्यहिँ देखाउनुपर्छ । फिट हुनेहरु बस्ने, नहुनेहरु निस्केर जाने हो । इन द बक्स र आउट अफ द बक्स भने हुनै पर्छ ।

–डिजिटल बैंकिङमा जाँदै गर्दा कर्मचारीहरुको संख्या घट्दै जान्छ । २ वर्ष अघिसम्म सिभिल बैंकको स्टाफ एक हजार २३ जना थिए, अहिले ९ सय ४७ जना स्टाफ छन् । स्टाफ घटाएका छौं, बिजनेश डबल ट्रिपल भएको छ । प्रोफिट पनि डबल ट्रिपल भएको छ, नम्बर अफ कस्टुमर पाँच लाख बढेका छन् । यो सबै टेक्नोलोजीको कमाल हो ।

–हामी नम्बर वान, टु, थ्रीमध्ये कहाँ पुग्छौं भनेर एकिन गरिसकेका छैनौं, तर हामी चाँडो सिनर्जी चाँही ल्याउँछौं । रिटर्नको हिसाबले हामी राम्रै ठाउँमा पुग्नेछौं । किनकी हाम्रो बिजनेशको भोल्युम ठूलो हुन्छ तर क्यापिटल बेस धेरै हुँदैन् । २२ अर्बको पुँजीमा हामी लगानीकर्तालाई उचित प्रतिफल दिएर न्याय गर्नेछौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्