Shikhar Insurance

टेलिकमको इलेक्सन अफरः चुनावको हर खबरका लागि सस्तोमै पर्याप्त डाटा प्याक

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २७, आईतवार १२:५९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल टेलिकमले मंसिर ४ गतेको आम निर्वाचनलाई लक्षित गर्दै इलेक्सन अफर ल्याएको छ । कम्पनीले निर्वाचन र त्यसको नतिजा सम्बन्धी जानकारी सहजै प्राप्त गराउने उदेश्यले इलेक्सन अफर ल्याएको हो ।

अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा २९४ मा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कात्तिक २७ गतेदेखि सुरु हुने अफर मंसिर ११ गतेसम्म कायम रहनेछ । आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्