Shikhar Insurance

सिटिजन्स बैंकको राइनास नगरपालिकामा विस्तारित काउण्टर सेवा सुरु

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २७, आईतवार १७:५६
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेवा ग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउण्टर राइनास नगरपालिका वडा नं ४ सातबिसे बजार लमजुङमा स्थापना गरेको छ । कात्तिक २७ गतेदेखि भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको हो । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याई सकेको छ ।

सुविधा सम्पन्न विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर, १३३ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्