Shikhar Insurance

दुई कम्पनीका ८९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेन्ज कति ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २८, सोमबार १५:००
NIMB
Nabil Bank

काठमाडौं । सोमबार दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । खप्तड लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावरकम्पनीको कुल ८९ लाख  कित्ता सेयर नेप्सेमा सूचीकृत भएका हो ।

सिक्लेस हाइड्रोपावर कम्पनीको कुल ८५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको ११ लाख ५० हजार कित्ता, आयोजना प्रभावितलाई निष्काशन गरेको ८ लाख ५० हजार र संस्थापकहरुले लगानी गरेको ६५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरलाई नेप्सेले एसआईकेएलईएस कारोबार संकेत प्रदान गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । सोहि ओपनिङ्ग रेन्जका आधारमा मंगलबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाको कुल ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई निष्काशन गरेको १ लाख ३२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको २ लाख ६८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको सेयरलाई नेप्सेले केएलबीएस कारोबार संकेत प्रदान गरेको छ ।

नेप्सेले लघुवित्तको सेयरलाई न्युनतम १०१ रुपैयाँ ७ पैसा देखि ३०३ रुपैयाँ २१ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । सोहि ओपनिङ्ग रेन्जको आधारमा मंगलबारदेखि लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्