Shikhar Insurance

निर्वाचनले बढाएन पेट्रोलियम पदार्थको खपत, गत वर्षको ७६ हजार किलोलिटर कम खपत

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २८, सोमबार १४:०५
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ ।

यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनकाअनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिक महिनामा पेट्रोल तथा डिजेलको खपतमा ठूलो परिमाणमा कमी आएको छ ।

२०७८ को कात्तिक २३ गतेसम्म (कात्तिक महिना) ६३ हजार ३ सय १५ किलोलिटर पेट्रोल र १ लाख ३५ हजार ८ सय १२ किलोलिटर डिजेल गरी कुल १ लाख ९९ हजार १ सय २७ किलोलिटर पेट्रोलियम पदार्थको खपत भएको थियो । जबकी २०७९ को कात्तिक २३ गतेसम्म ४४ हजार ५ सय १३ किलोलिटर पेट्रोल र ७८ हजार ४ सय २६ किलोलिटर मात्रै डिजेल गरी १ लाख २२ हजार ९ सय ३९ किलोलिटर पेट्रोलियम पदार्थ खपत भएको छ । जुन गत आवको भन्दा ३८.२६ प्रतिशत अर्थात् ७६ हजार १ सय ८८ किलो लिटर कम खपत हो ।

तरलता अभाव तथा विकास निर्माणको सिजन नहुँदा निर्माणका काम ठप्प हुँदा, तेलको मूल्यमा वृद्धि, नेपाल र भारतको तुलनामा पछिल्लो समय नेपाली बजारमा तेलको मूल्य धेरै हुँदा खपत घटेको हो । ट्याङ्कर चालकले भारतमै तेल हाल्दा, सीमा नजिक हुनले भारतमै पेट्रोलियम पदार्थको खरिद गर्दा खपतमा कमी आएको हुनसक्ने निगमको अनुमान छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्