Shikhar Insurance

६.५९ अंकले घटेको मंगलबारको सेयर बजारमा यी ५ कम्पनीको लगानीकर्ताले भरपुर कमाए

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २९, मंगलवार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५९ अंकले घटेको छ । अघिल्लो दिन २१.२९ अंकले बढेर बन्द भएको नेप्से परिसुचक आज मंगलबार भने घटेको हो ।

मंगलबार नेप्से परिसुचक ६.५९ अंकले घटेर १,८९७.८६ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.३३ अंकले घटेर ३७३.७१ को विन्दुमा बन्द भएको छ ।

दिनभरीमा २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर २२ हजार ७७१ पटक खरिदबिक्री हुँदा १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम ९४ करोड ६० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । यस दिन नेप्से सामान्य अंकले घटेपनि कारोबार रकम भने बढेको छ ।

सोमबार कारोबारमा आएको ४३ कम्पनीको सेयर मूल्य बढेको छ । १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने, ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड २२ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, नेपाल लाइफ इन्स्यारेन्सको ६ करोड ४ लाख ९७ हजार, नेपाल टेलिकमको ४ करोड ६७ लाख २२ हजार, शिवम् सिमेन्टको ४ करोड ४८ लाख ४३ हजार र नेपाल रि इन्स्यारेन्सको ३ करोड १७ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सिटीजन म्युचुअल फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.५८ प्रतिशतले कमाएका छन् । पंञ्चकन्य माई हाइड्रोपावरको २.९३ प्रतिशत, ग्लोबल आईएमई ब्यलेन्स फण्डको २.५६ प्रतिशत, लक्ष्मी इक्वटी फण्डको २.१२ प्रतिशत र यूनिर्भसल नेपालको २.०८ प्रतिशतले सेयर मूल्य बढेको छ । नेप्से परिसुचक सामान्य अंकले घट्दा यी पाँच कम्पनीको लगानीकर्ताले भरपुर कमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्