Shikhar Insurance

असार भित्रै सामाजिक सुरक्षा कोषमा पाँच लाख श्रमिक जोडिने, यस्ता छन् आकर्षक सुविधा

करार तथा ज्यालादारी ५० हजार सरकारी कर्मचारी तत्कालै कोषमा आवद्ध हुँदै
सिंहदरबार संवाददाता
२०७७ फाल्गुन २, आईतवार १८:३२
NIMB
Nabil Bank

काठमाडौं । सरकारले चालु आर्थिक वर्षभित्रै पाँच लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ । कोषमा हालसम्म १३ हजार २ सय ८ कम्पनीका एक लाख ८९ हजार २ सय ३४ जना श्रमि श्रमिक तथा कामदार आवद्ध छन् ।

सरकारले करार तथा ज्यालादारी ५० हजार कर्मचारीलाई केहि समयभित्रै कोषमा सूचिकृत गराउँदैछ । ‘५० हजारको हाराहारीमा रहेका करार तथा ज्यालादारी सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा केहि समयभित्रै आवद्ध गराइँदैछ’, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायाले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

कोषका कार्यकारी निर्देश कपिलमणिी ज्ञवालीले संसोधित कार्यविधीले कोष प्रति रोजगार दाता तथा श्रमिक, कामदारहरुको आकर्षण बढ्ने बताए । ‘हामीले प्राप्त सुझावहरुलाई समेटेर कार्यविधि संसोधन गरेका छौं, यसले रोजगारदाता र श्रमिकहरुको अधिकतम हितलाई सम्बोधन गरेको छ’, कोषका कार्यकारी निर्देशक ज्ञवालीले भने ।

सरकारले समाजिक सुरक्षा कोष प्रति रोजगारदाता र श्रमिकको आकर्षण बढाउन चैत, बैशाख, जेठ र असारको कुल एक अर्ब ३ करोड रुपैयाँ कोषमा जम्मा गरिदिएको थियो ।

यस्ता छन् आकर्षक नयाँ सुविधा
कोषले साढे दुई वर्ष योगदान गरेका योगदानकर्ताहरुलाई कुल योगदान रकमको ८० प्रतिशतसम्म सापटी दिने सुविधा दिएको छ । त्यस्तै, एक लाख २५ हजार भन्दा बढी तलब खाने योगदान कर्ताहरुलाई सोहि रकमका आधारमा मात्रै योगादन गर्न पाउने सुविधा पनि दिएको छ । उपचार खर्चको सिमा पनि ८० हजारबाट बढाएर एक लाख रुपैयाँ पुर्याएको छ । अवकास कोषमा जम्मा भएको रकम जागिर छाड्दा पाउने सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्