Shikhar Insurance

उद्यमको सोच ल्याउनेलाई आइडिया स्टुडियोको सहयोग, आजबाट सातौँ सिजन सुरू

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २९, मंगलवार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । सोचदेखि उद्योगसम्म’नाराका साथ उद्यमको दृष्टिकोण राख्ने व्यक्तिलाई आइडिया स्टुडियोले लगानीको वातावरण बनाइदिने भएको छ । आइडिया स्टुडियोले यसका लागि उद्यमको सोच ल्याउन आजदेखि सिजन ७ सुरु गरेको छ ।

यसका लागि स्टुडियोको वेबसाइटमा गएर फर्म भर्न सकिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आजदेखि पुस मसान्तसम्म फर्म भर्न सकिने जनाइएको छ । आइडिया स्टुडियोको सिजन ६ सम्म ३ हजार उद्यमका सोच आएको कार्यकारी अध्यक्ष छिरिङ लामाले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“३ हजार सोचमध्येबाट ८ सयलाई मार्ग निर्देश गरिएको छ, तीमध्ये धेरैले अहिले स्वरोजगार गरी १० जनादेखि दुईसय जनासम्मलाई रोजगारी दिएका छन्, यी उद्योगमा ५ लाख रुपैयाँदेखि १३ करोड रुपैयाँसम्मको लगानी छ, यसका लागि हामीले गैर नाफामूलक कम्पनीका रुपमा काम गरेका छौँ, उनले भने ।

स्टुडियोले ज्ञानका लागि राष्ट्रिय केन्द्र स्थापनाको पहल गरेको जनाइएको छ । गैर नाफामूलक कम्पनीका रुपमा स्थापना भएको स्टुडियोले गत वर्षदेखि सोचदेखि उद्योगसम्म कार्यक्रमका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य सुरु गरेको छ । मन्त्रालयसँगको सहकार्यमा प्रतिभा कार्यक्रम सुरु गरिएको कार्यकारी अध्यक्ष लामाले सुनाए ।

उद्यमी बन्न चाहनेका लागि स्टुडियोलाई राजमार्गका रुपमा स्थापित गरी गन्तव्यमा जान चाहने सबैलाई पठाउने नीति लिएको पनि उनले बताए। उद्यम गर्न चाहनेका लागि ज्ञान र सीपमा सहयोग गरिने स्टुडियोले जनाएको छ । कार्यक्रमका लागि जापानसँग पनि समझदारी गर्न लागिएको छ । यसका लागि १५ दिनमा जापानी प्रतिनिधिमण्डल नेपाल आउने भएको छ ।

स्टुडियोका सञ्चालक सुरेश सिम्खडाले सातौँ सिजनका लागि सबैले आइडिया पठाउन सक्ने बताए । उद्यमशीलतामा लाग्न चाहनेका लागि तीनै तहका सरकारले सहयोगको वातावरण बनाइने भनाई पनि उनको थियो । स्टुडियोका अर्का सञ्चालक माल्भिका सुब्बाले गत वर्षमात्र उद्यम गर्न चाहने ८ सय ३३ जनाको सोच आएको जानकारी गराए ।

उद्यमका सोचलाई मूर्तरुप दिन प्रेरणा गरिएको पनि उनले जानाकारी दिए । उद्यमको सोच ल्याउनेलाई वातावरण मैत्री भएर काम गर्न विश्व वन्यजन्तु कोषले प्राविधिक सहयोग गरिरहेको डा घनश्याम गुरुङले बताए । उद्यम क्षेत्रका दिगो विकासका लागि पनि वातावरण मैत्री भएर काम गर्न प्रेरित गरिएको उनले सुनाए ।

गत वर्ष आएका ८ सय ३३ उद्यमका सोचमध्येबाट उत्कृष्टलाई स्पेस ४ के टेलिभिजनबाट यसै हप्तादेखि कार्यक्रम देखाउन लागिएको जनाइएको छ । सकारात्मक सोचकासाथ टेलिभिजनले यो कार्यक्रम चलाउन लागेको प्रबन्ध निर्देशक प्रभात चलाउनेले बताए ।

सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरि ज्ञवालीले सोचदेखि सुशासनसम्म नाममा मन्त्रालयले स्टुडियोसँग सहकार्य गरेको जानकारी दिए । कार्यक्रममा काठमाडौं मोडेल कलेजका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदी, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमका सञ्जीव सुब्बालगायतले उद्यमशीलताको विकासमा स्टुडियोका कार्यक्रमले सहयोग गर्नेमा जोड दिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्