Shikhar Insurance

नेपाल लाइफको खुद नाफा १७ करोड ५७ लाख, बीमाशुल्क १.४३ प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १४:०७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३९८.२२ प्रतिशत बढी हो।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीकाे आम्दानी बढेसँगै खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो। कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा १८ करोड ८ लाख रुपैयाँ नोक्सानी बापत व्यवस्था गरेकोमा चालु आवको सोही अवधिसम्ममा १ करोड ७१ लाख रुपैयाँ मात्र यस्तो व्यवस्था गरेको छ। जसले गर्दा खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीकाे खुद बीमाशुल्क १.९७ प्रतिशत बढेको छ भने खुद दाबी भुक्तानी २.२३ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको कुल बीमाशुल्क १.४३ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सले २२ हजार १२५ दाबीबापत ३ अर्ब ९६ करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष १२९.०४ प्रतिशत बढेका छ। त्यसैगरी, जीवन बीमा कोष १९.६४ प्रतिशत बढेको छ भने महाविपत्ती जगेडा कोष ३१.६२ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीकाे प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ १७ पैसा बढेर ८ रुपैयाँ ५६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६७.९७ गुणा रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्