Shikhar Insurance

नेपाल इन्स्योरेन्सको खुद नाफा १४.३५ प्रतिशतले वृद्धि, खुद बीमाशुल्क आर्जन सामान्य सुधार

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १६:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनीको मुनाफा १४.३५ प्रतिशतले बढेको छ । कम्पनीको मुनाफा १४.३५ प्रतिशतले बढेर ७ करोड ३ लाख रुपैयाँ पुगेको हाे । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ६ करोड १४ लाख रुपैयाँ थियो ।

समिक्षाको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ६.१३ प्रतिशतले बढेर २१ करोड ६० लाख रुपैयाँ पुगेको छ। गत आवको सोहि अवधिमा कम्पनीले २० करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, कम्पनीले कुल बीमा शुल्क आर्जन पनि २३.०९ प्रतिशतले बढेर ४३ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस अवधिसम्ममा कम्पनीको खुद दाबी भुक्तानी ६६.०३ प्रतिशतले बढेर ५ करोड ६४ लाख रुपैयाँ पुराएको छ । यस त्रैमाससम्ममा कम्पनीले ३९ हजार ५७९ वटा बीमा पोलिसी जारी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४३ करोड ७७ लाख रुपैयाँ र महाविपत्ति कोषमा भने रकम छुट्याएको छैन ।

कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्