Shikhar Insurance

नेको इन्स्योरेन्सको मुनाफा ६.६३ प्रतिशतले गिरावट, अन्य सूचांक कस्तो ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १६:१९
NIMB
Nabil Bank

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा अधिकांश सूचकमा गिरावट देखिएको छ ।

यस  त्रैमासमा कम्पनीको मुनाफा ६.६३ प्रतिशतले घटेर ६ करोड ७१ लाख रुपैयाँमा झरेको छ । गत वर्षको साेहि अवधिमा कम्पनीको मुनाफा ७ करोड १९ लाख थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तथ्यांकमा कम्पनीको बीमा कोष २१.६६ प्रतिशतले बढेर १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा कम्पनीको बीमा कोष १ अर्ब १५ करोड रुपैयाँ थियो ।

यस त्रैमासमा कम्पनीको जगेडा कोष समेत  २९.०९ प्रतिशतले घटेर ५१ करोड ९७ लाख रुपैयाँमा सीमित भएकाे छ । गत आवमा कम्पनीको जगेडा कोष ७३ करोड २९ लाख रुपैयाँ थियो । कम्पनीले चुक्ता पुँजी भने ३२.८२ प्रतिशतले बढाएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको खुद बीमा शुल्क आर्जने ८.९६ प्रतिशतले घटेर ४४ करोड ९३ लाख रुपैयाँमा झरेको छ । कम्पनीको कुल बीमा शुल्क आर्जनमा भने सामान्य सुधार देखिन्छ ।

कम्पनीको खुद दाबी भुक्तानी ७.१७ प्रतिशतले गिरावट आएको छ । समिक्षा अवधिमा कम्पनीले १८ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक अर्ब ८२ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ५१ पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्