Shikhar Insurance

मधेश आन्दोलनका शिर्ष नेताहरु पराजय नजिक

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार १६:३१
NIMB
Nabil Bank

काठमाडौं । मधेश आन्दोलनका शिर्ष नेताहरु पराजयको नजिक पुगेका छन् । पहिचान र आत्मसम्मानका लागि मधेश आन्दोलनको नेतृत्व गरेका नेताहरु क्रमशः महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो पराजयको डिलमा पुगेका हुन् ।

तत्कालिन फोरम अध्यक्ष तथा हाल जनता समाजवादी पार्टीका अध्यक्ष रहेका उपेन्द्र यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बर मतले पछि परेका दोब्बर मतले पछि परेका छन् । यादवलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पराजय नजिक पुर्याएका हुन् ।
त्यस्तै तत्कालिन तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा हाल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष रहेका महन्थ ठाकुर पनि महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार राम आदार कापरसँग पछि परेका छन्।

Citizen Life
Kumar Bank
Nepal Life

सद्भावना पार्टीबाट पहिचान बनाएका लोसपाका राजेन्द्र महतो पनि सर्लाही २ मा पछाडी परिसकेका छन् । महतोलाई माओवादी केन्द्रको चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादवले निकै पछि छाडिदिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्