Shikhar Insurance

उपाधी दावेदार अर्जेन्टिना साउदी अरबसँग पराजित

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार १८:००
NIMB
Nabil Bank

काठमाडौं । विश्व कप फुटबलको उपाधी दावेदार मानिएको अर्जेन्टिना साउदी अरबसँग पराजित भएको छ । मंगलबार भएको समुह चरणको पहिलो खेलमा अर्जेन्टिना साउदी अरबसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको १० मिनेटमै लियोनेल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

तर साउदी अरबले अपत्यारिलो पुनरागमन मार्फत २ गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो । साउदी अरबका लागि सालेह अल्सेहरीले ४८ औं मिनेटमा र सालेम अल्वासरीले ५३ औं मिनेटमा गोल गर्दै जित पक्का गरेका हुन् । अर्जेन्टिनाले गोलका थुप्रै अवसरहरु सिर्जना गरेपनि सदुपयोग भने गर्न सकेन् । ग्रुप सीको पहिलो खेलमै पराजित भएपछि अर्जेन्टिना दबावमा परेको छ । साउदी अरबले अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पनि पूर्ण बिराम लगाईदिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्