Shikhar Insurance

सेयर बजारमा देखिएन सुधार, कारोबार रकम पनि खुम्चिदै

सिंहदरबार संवाददाता
२०७९ मंसिर ७, बुधबार १५:२९
NIMB
Nabil Bank

काठमाडौं । बुधबार दोस्रो कारोबारको दिन सेयर बजार सुस्त देखिएको छ । यसदिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) ७.७२ अंकले घटेर १,९२१.९९ को विन्दुमा बन्द भएको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.७० अंकले घटेर ३७७.९० को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरिमा २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर १ अर्ब २ करोड २२ लाख ९३ हजार रुपैयाँमा खरिदबिक्री भए । यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन कारोबारमा आएको ५७ कम्पनीको सयेर मूल्य बढेको छ । १२४ कम्पनीको घटेको छ । भने, ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक र्शिष स्थानमा छ । बैंकको १२ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, हिमालयन डिस्टिलरीको ११ करोड ९ लाख ९२ हजार, सिभिल बैंकको ६ करोड ८२ लाख १८ हजार, शिवम् सिमेन्टको ६ करोड ६ लाख ४१ हजार र नेश्नल लाइफ इन्स्योरेन्सको ३ करोड ४५ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

नेप्से परिसुचक घटेपनि सिभिल बैंकको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । सिभिल बैंकको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३४.३० रुपैयाँ पुगेको छ ।

त्यस्तै, घलेम्दी हाइड्रोको सेयरमुल्य ९.९८ प्रतिशतले बढेको छ । भने, स्टाण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य सबैभन्दा बढी ४.७८ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्