Shikhar Insurance

सिंहदरबार समाचार प्रभावः रिडीको सेयर कारोबार रोक्का, घोषित लाभांशमा नेप्सेले माग्यो स्पष्टिकरण

सिंहदरबार संवाददाता
२०७९ मंसिर ७, बुधबार १२:१८
NIMB
Nabil Bank

काठमाडौं । कारोबार समयमा लाभांश प्रस्ताव गर्ने रिडी पावर कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्पष्टिकरण सोधेको छ । कम्पनीले मंगलबार बिहान ११ बजे बोर्ड बैठक राखेर कुल ४२.१० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।

सो सम्बन्धमा सिंहदरबारले ‘रिडिको लाभांशमा गडबडी, ११ बजे बैठक राखेर चार बजे सूचना सार्वजनिक, ८ करोडको सेयर कसले किन्यो’ शिर्षकमा मंगलबार कारोबार समय पश्चात समचार प्रकाशित गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र २.१० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने भन्ने प्रस्ताव कम्पनीको बोर्ड बैठकले बिहान ११ बजे पास गरी नेप्सेको वेव साइटमा भने १५ः५४ः५७ मिनेट अर्थात ३ बजेर ५४ मिनेट ५७ सेकेन्डमा नेप्सेमा अपलोड गरेको हो।

जसकारणले नेप्सेले बजार चलिरहेकै समयमा बोर्ड बैठक राखेर लाभांश घोषणा गरेको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गर्दै स्पष्टिकरण सोधेको छ।

कारोबार समयमै लाभांश वितरण प्रयोजनका लागि बैठक राखेको कम्पनीको मंगलबार दोश्रो धेरै कारोबार हुने कम्पनीमा दर्ज भएको थियो । मंगलबार रिडी पावर कम्पनीको ८ करोड ६७ लाख ६३ हजार ९ सय ३४ रुपैयाँ १० पैसाको सेयर कारोबार भएको छ ।

लाभांश वितरण प्रस्तावको निर्णय भइसकेको सुचना चुहावट गरेर ‘इन्साइडर ट्रेडिङ’ भएको आशंकामा नेप्से बुधबार कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्