Shikhar Insurance

बीमा कम्पनीहरूमा १ प्रतिशत बढीकाे सेयरधनी हुन प्रहरी रिपोर्ट चाहिने, सीइओ बन्नपनि आवश्यक

सिंहदरबार संवाददाता
२०७९ मंसिर ७, बुधबार १५:३३
NIMB
Nabil Bank

काठमाडौं । अब बीमा कम्पनीहरुको १ प्रतिशतभन्दा बढी सेयर खरिद गर्नको लागि प्रहरी रिपोर्ट आवश्यक पर्ने भएको छ । बीमा प्राधिकरणले कम्पनीहरुको १ प्रतिशत बढी संस्थापक सेयर खरिद गर्न स्वीकृतिको लागि निवेदन दिँदा प्रहरी प्रतिवेदन समेत पेश गर्नु पर्ने व्यवस्था गरेको हो ।

नेपाल बीमा प्राधिकरणले सर्कुलर जारी गर्दै सम्पत्ति शुद्धिकरण तथा आंतककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धमा बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन तथा बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्यूनिकरण गर्न बीमा कम्पनीहरुलाई ६ बुँदे निर्देशन दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जसअनुसार बीमक कम्पनीको सिईओ तथा सञ्चालक बन्न प्रहरी प्रतिवेदन आवश्यक पर्ने भएको हो। नयाँ व्यवस्था अनुसार बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी नियुक्त गर्दा उपयुक्ता परिक्षण गर्दाए निजको आपराधिक पृष्ठभुमिबारे प्रहरी प्रतिवेदन समेत प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

साथै, प्राधिकरणले २५ लाख रुपैयाँभन्दा बढीको बीमा लेखमा बीमितले हितग्राहीको नाता प्रमाणित हुने कागजात अनिवार्य पेश गर्नुवर्ने व्यवस्था गरेको छ । कम्पनीहरुलाई समेत आफ्ना कर्मचारी र बीमा अधिकर्ताका लागि सम्पत्ति शुद्धिकरण तथा आंतकवादी क्रियाकलाप वित्तिय लगानी निवारण सम्बन्धी तालिम अभिमुखिकरणको सङख्या बढाउनुपर्ने प्राधिकरणले निर्देशन दिएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्