Shikhar Insurance

निक्षेपमा इन्भेष्टमेण्ट र कर्जाकाे ग्रोथमा एसबीआइको छलाङ्ग, ‘नेगेटिभ ग्रोथ’मा एनसीसी अब्बल

सिंहदरबार संवाददाता
२०७९ मंसिर ७, बुधबार १७:५०
NIMB
Nabil Bank

काठमाण्डौं । चार महिनामा वाणिज्य बैंकहरुको व्यवसाय पौने ४७ अर्ब रुपैयाँले थप भएको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुद्वारा प्रवाहित कर्जामा चालु आवको कात्तिक मसान्तमा आइपुग्दा १.१२ प्रतिशतले थप भएको हो ।

सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा ५ महिनाको अवधिमा ४६ अर्ब ७४ करोड रुपैयाँले थप गरी ४२ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको नेपाल बैंकर्स संघद्वारा प्राप्त तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी सो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन भने ०.४८ प्रतिशतले मात्रै वृद्धि भएको छ । २६ वाणिज्य बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन चालु आवको कात्तिक मसान्तसम्म आइपुग्दा २१ अर्ब ९० करोड रुपैयाँले थप भएर ४५ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

संघद्वारा प्राप्त तथ्यांकअनुसार ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुले विस्तार गरेको व्यवसायको वृद्धिलाई प्रतिशतको आधारमा हेर्दा कर्जा विस्तारमा नेपाल इन्भेष्टमेण्ट बैंक र निक्षेप संकलनमा नेपाल एसबीआइ बैंकले छलाङ्ग मारेका छन् । चार महिनाको अवधिमा इन्भेष्टमेण्ट बैंकले ६.६४ प्रतिशतले कर्जा वृद्धि गरेको छ भने नेपाल एसबिआइ बैंकले १०.०७ प्रतिशत निक्षेप वृद्धि गरेको हो ।

चार महिनाको अवधिमा १६ वाणिज्य बैंकहरुको न्यूनतम ०.१३ प्रतिशतदेखि १०.०७ प्रतिशत अर्थात् २१ करोड रुपैयाँदेखि १२ अर्ब ५ करोड रुपैयाँसम्म निक्षेप संकलन वृद्धि भएको छ । भने १५ वटा वाणिज्य बैंकको न्यूनतम ०.१७ प्रतिशत अर्थात् १५ करोड रुपैयाँदेखि ६.६४ प्रतिशत अर्थात् ११ अर्ब १७ करोड रुपैयाँसम्म कर्जा प्रवाह वृद्धि भएको छ ।

तर, सो अवधिमा ११ वटा वाणिज्य बैंकको भने ०.३० प्रतिशत अर्थात् २७ करोड रुपैयाँदेखि ७.४२ प्रतिशत अर्थात् ९ अर्ब ४२ करोड रुपैयाँसम्मले कर्जा प्रवाह घटेको छ । चालु आवको ४ महिनाबीचमा सबैभन्दा बढी कर्जा प्रवाह एनसीसी बैंकको घटेको हो ।

यस्तै, सो अवधिमा १० वटा वाणिज्य बैंकको निक्षेप संकलन ०.३८ प्रतिशत अर्थात् ६४ करोड रुपैयाँदेखि १०.२३ प्रतिशत अर्थात् १४ अर्ब ४८ करोड रुपैयाँसम्मले घटेको छ । चालु आवको ४ महिनाबीचमा सबैभन्दा बढी निक्षेप एनसीसी बैंकको घटेको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्