Shikhar Insurance

सुदुरपश्चिममा नेशनल लाईफको अभिकर्ता भेला, अब्बल व्यवसाय गर्ने प्रतिवद्धता

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार ०८:५५
NIMB
Nabil Bank

महेन्द्रनगर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिति रहेको कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले अभिकर्ताहरुलाई बीमा बिक्रि कला सम्वन्धमा प्रशिक्षण दिएका थिए ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यवसायिक बनाउदै लैजाने नीति अनुुसार महेन्द्रनगरमा कार्यक्रम गरिएको जानकारी गराए ।
कार्यक्रममा महेन्द्रनगर शाखासंग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका करिब १७५ जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो भने सो शाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले खादा माला र मायाको चिनोले सम्मान गरेका थिए । सम्मानित अभिकर्ताहरुले प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो कार्यथलो महेन्द्रनगरमा नै सम्मानित हुन पाउँदा अति नै खुशी लागेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रम महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशोर भट्टले संचालन गरे भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले सहभागी अभिकर्ताहरुलाई धन्यवाद दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्