Shikhar Insurance

प्रत्यक्ष करको दायरामा ४८ लाख करदाता, कम्पनी र व्यक्ति कति ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार ०९:३९
NIMB
Nabil Bank

काठमाडौं । प्रत्यक्ष करको दायरामा ४८ लाख भन्दा बढी करदाता समेटिएका छन् । आन्तरिक राजश्व विभागका अनुसार २०७९ असार मसान्तसम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ४८ लाख १२ हजार सात सय १७ पुगेको छ । विसं २०७८ असार मसान्तसम्ममा यस्तो सङ्ख्या ४० लाख ४९ हजार एक सय नौ रहेको थियो । अर्थात् गत आर्थिक वर्ष २०७८।७९ मा मात्रै सात लाख ६३ हजार छ सय आठ करदाता थपिएका छन् । अब व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ६२ हजार चार सय १३ पुगेको छ भने व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ ३० लाख ५० हजार तीन सय चार करदाता रहेका छन् ।

गत आर्थिक वर्षमा व्यावसायिक स्थायी लेखा नम्बर ९बी–पान० तर्फ दुई लाख ११ हजार आठ सय ६६ करदाता र व्यक्तिगत स्थायी लेखा नम्बरतर्फ पाँच लाख ९६ हजार तीन सय ७२ करदातालाई करको दायरामा ल्याइएको विभागले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारको गत आर्थिक वर्षमा कूल राजस्व सङ्कलन १० खर्ब ६७ अर्ब ९५ करोड रहेको थियो । जसमा आन्तरिक राजस्वको हिस्सा मात्रै ४४ प्रतिशत बराबर रहेको छ । आन्तरिकतर्फ रु पाँच खर्ब ३७ अर्ब ९४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य सरकारको रहेकामा रु चार खर्ब ८३ अर्ब ४८ करोड असुली भएको थियो । जुन वार्षिक लक्ष्यको ८९ दशमलव ८८ प्रतिशत बराबर हो । यद्यपि, अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको राजस्व वृद्धिदर १२ दशमलव ५९ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षमा आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत हेर्दा सबैभन्दा बढी आयकरको ४७ दशमलव ४२ प्रतिशत योगदान रहेको छ । त्यस्तै मूल्य अभिवृद्धि करको योगदान २३ दशमलव ९६ प्रतिशत र अन्तःशुल्कको योगदान २१ दशमलव ३० प्रतिशत रहेको छ । ब्याज करको योगदान पाँच दशमलव ११ प्रतिशत छ भने बहाल करको योगदान शून्य दशमलव ६४ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा करको अंश एक दशमलव ३० प्रतिशत र शिक्षा शुल्क कर शून्य दशमलव २६ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा ठूला करदाता कार्यालयबाट ३८ प्रतिशत, मध्यमस्तरीय करदाता कार्यालयबाट छ प्रतिशत तथा आन्तरिक राजस्व कार्यालयबाट ५६ प्रतिशत आन्तरिक राजस्व सङ्कलन भएको विभागले जनाएको छ ।

त्यसैगरी गत आर्थिक वर्षको अनुमानित राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन (उत्पादन मूल्यमा)  ४८ खर्ब ५१ अर्ब ६२ करोडसँगको तुलनामा कर राजस्वको योगदान २० दशमलव २९ प्रतिशत रहेको छ । जसमा मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कको अनुपात क्रमशः छ दशमलव ४८ प्रतिशत, पाँच दशमलव ३६ प्रतिशत, पाँच दशमलव ३६ प्रतिशत र तीन दशमलव ४४ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्