Shikhar Insurance

युरिया मलको कारोबार थाल्दै चौधरी ग्रुप, दाना भन्दा निकै सस्तो, किसानलाई राहत

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार ०९:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपालका एक मात्र घोषित डलर अर्बपति बिनोद चौधरी नेतृत्वको चौधरी ग्रुपले युरिया मलको व्यापार थालेको छ । सीजी ग्रुप अन्तर्गतको सीजी एग्रो कम्पनीले नेपाली बजारमा युरिया मलको व्यापार थालेको हो । त्यस्तो मलको नाम ‘नानो युरिया’ रहेको छ र त्यो झोलमा उपलब्ध हुनेछ ।

सीजी एग्रोले बिक्री गर्ने मल भारतीय फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेडको उत्पादन हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सीजी एग्रोले सीजी इफ्को नामक नानो युरिया मल भित्र्याएको घोषणा गरेको हो । भारतका पूर्व केन्द्रीय रेल्वे मन्त्री सुरेस प्रभु र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले उक्त मल नेपाली बजारमा भित्र्याइएको घोषणा गरे ।

पानीमा मिसाएर वनस्पतिको पातमा छर्किने यो मलले नेपालमा रासायनिक मल अभावलाई चिर्ने सीजी एग्रोको दावी छ । हाल परम्परागत रुपमा प्रयोग गर्दै आएको एक बोरा (५० किलो) युरिया मल बराबर यस्तो मल ५०० एमएल भए पुग्ने कम्पनीले जनाएको छ ।

स्प्रे वा ड्रोनमार्फत छर्न सकिने यस्तो मल दाना युरिया भन्दा सस्तो हुने कम्पनीको दावी छ। नानो युरियाले जमिनको उत्पादकत्व बढ्ने र मलको प्रयोग सही ठाउँमा हुने कम्पनीको दावी छ । मल अभावका कारण किसान सधै समस्यामा पर्न थालेपछि सरकारले गत फागुनमा नानो मल प्रयोगको अनुमति दिएको थियो ।

गत वर्ष नानो मलको प्रयोगबारे कृषि अनुसन्धान परिषद् नार्कले गरेको परीक्षणमा निकै प्रभावकारी देखिएको निष्कर्ष निकालेको थियो ।

नानो युरिया एक बट्टा मललाई भारतीय रुपैयाँ २५० पर्ने उल्लेख छ । एक बोरा दाना युरिया मललाई ७५० रुपैयाँ पर्छ । नानो युरिय मल नेपाली बजारमा प्रतिलिटर ५ सयदेखि ६ सय रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली किसानहरुले मलको अभावमा सधै तनाब झेल्नु परिरहेको अवस्थामा आफुहरुले नानो युरिया भित्र्याएको बताए । उनले नानो युरियाले मल अभावको समस्या हटाउनुका साथै किसानहरुको उत्पादकत्व समेत बढाउने बताए । साथै, खाद्य संकट समाधानका लागि समेत नानो युरिया उपयोगी हुने उनको भनाई छ । ‘मल अभावको समस्या टार्न, किसानहरुको उत्पादकत्व बढाउन र खाद्य संकट कम गर्न नानो युरियाले सहयोगी भूमिका खेल्छ’, चौधरीले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्