Shikhar Insurance

स्मार्टफोन खरिददेखि उचित बिक्रीपछिका सेवा सुनिश्चित गर्दै भिभो

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १२:१५
NIMB
Nabil Bank

काठमाडौं । स्मार्टफोन खरिद केवल एक चरणको सरल प्रक्रिया होइन । यसमा स्मार्टफोन किन्नु अघि र खरिद पछि उपलब्ध हुने सेवा सुविधाबारे अधिक अनुसन्धानहरु समावेश हुन्छन् । उपभोक्ता केन्द्रित ब्रान्ड, भिभो परिष्कृत ग्राहक सेवामार्फत सहज तरिकाले उपयोग चक्रलाई बुझाउन लागि परेको छ । नेपालमा भिभो शुरुवातदेखि नै उपभोक्ताहरूलाई विश्वस्तरीय प्रविधिहरू र उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ । उचित समयमा सही कामहरू गर्ने बेन्फेन दर्शनद्वारा निर्देशित, भिभोले उपभोक्ताहरूको जीवनलाई समृद्ध र सकारात्मक रूपमा प्रभाव पार्ने प्रयास गरिरहेको छ ।

“मोर लोकल, मोर ग्लोबल” दृष्टिकोणबाट निर्देशित भएर ब्राण्डले नेपाली उपभोक्ता बजारमा फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स र एडभान्स इमेजिङ सिस्टम जस्ता विश्वव्यापी प्रविधिहरू ल्याइरहेको छ । यसबाहेक, भिभोले स्थानीय प्रतिभा, संस्कृति, र ग्राहकलाई प्राथमिकतामा राखेर धेरै अभियानहरू संचालन गर्दै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

भिभोले आफ्ना ग्राहकहरूसँग निकट सम्बन्ध कायम गरेको छ । चाहे नयाँ उत्पादनहरू डिजाइन गर्ने होस्, वा उन्नत प्रविधिहरूका लागि अनुसन्धान सञ्चालन गर्ने होस् यी सबै प्रयासहरू उपभोक्ताहरूको जीवनस्तर वृद्धि गर्नका लागि हुन् । तसर्थ, उपभोक्ताका लागि यी सेवाहरुको पहुँचयोग्यता सुनिश्चित गर्न, ग्राहक सेवाहरूको एक व्यापक अफलाइन र अनलाइन नेटवर्क स्थापना गरिएको छ ।

एक हजार भन्दा बढि रिटेल स्टोरहरू तथा देशभर विभिन्न स्थानमा ४ वटा सेवा केन्द्रहरू (काठमाडौं, नारायणगढ, पोखरा र इटहरी) मार्फत भिभोले प्रयोगकर्ताहरूलाई उत्कृष्ट बिक्री पछिको सेवाहरू प्रदान गर्दछ । अत्याधुनिक सुविधाहरू र उपकरणहरूले सुसज्जित सेवा केन्द्रहरूले ग्राहकहरूलाई झन्झटमुक्त खरिद र बिक्री पछिको सेवा अनुभव सुनिश्चित गर्दछ ।

ग्राहकहरुलाई कृतिज्ञता प्रकट गर्ने प्रयासमा भिभोले हरेक महिना २७ देखि २९ तारिखसम्म भिभो सर्भिस डे आयोजना गर्दै आइरहेको छ । बिक्रीपछिका स्मार्टफोन सेवाको महत्वलाई बुझेर कम्पनीले यस दिन बिक्रीपछिका सेवाहरू जस्तै सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क उपलब्ध गर्दछ ।

यसबाहेक, प्रयोगकर्ताहरुले खरिद गरेको नयाँ उपकरणको हार्डवेयरमा कुनै समस्या भएमा १–महिना भित्र प्रतिस्थापन गर्दछ । साथै, ग्राहकहरूले प्रत्येक नयाँ फोन खरिदमा उपलब्ध हुने वारेन्टी सेवा/नीति पनि दाबी गर्न सक्छन् । भिभोले ग्राहकहरुलाई फोनमा १ वर्षको वारेन्टी, एक्सेसरिजमा ६–महिनाको वारेन्टी, पार्टकको सशूल्क मर्मतमा ३ महिनाको वारेन्टी, सेवा केन्द्रबाट खरिद गरिएको एक्सेसरिजमा ६–महिनाको वारेन्टी र सफ्टवेयरमा जीवनभर वारेन्टी प्रदान गर्दछ ।

सहज ग्राहक सेवा अनुभवका लागि प्रयोगकर्ताहरुले कल सेन्टरमा ग्राहक सेवा टोलीलाई सम्पर्क गरेर सबै प्रश्नहरूको कुशलतापूर्वक र सन्तोषजनक समाधान लिन सक्नेछन् । सबै स्मार्टफोनको स्पेयर पार्ट्स वेबसाइटमा मुल्य सूची सहित उपलब्ध छन् । साथै, प्रयोगकर्ताहरुले फेसबुक र इमेल मार्फत सोधपुछ गरेर तत्काल समस्याको समाधान गर्न पनि सक्छन् । यो बाहेक, उपभोक्ताहरूका लागि भिभोले विभिन्न प्रस्तावहरु र स्थानीय अभियानहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

भिभोको भी र वाई सिरिजहरु उपभोक्ताको आवश्यकता अनुरुप विकसित गरिएका छन् । वाई सिरिजलाई युवा उपभोक्ताका लागि सुलभ मुल्यमा फ्ल्यागशिप स्मार्टफोनको अनुभव प्रदान गर्ने आदर्श साथीको रूपमा विकसित गरिएको छ । भी सिरिजमा रंग–परिवर्तन हुने विशेषता तथा उत्कृष्ट प्रदर्शन र उत्कृष्ट क्यामेरा सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाई सबै व्यावसायिक र रचनात्मक कार्यहरूमा मद्दत गर्दछ ।

नवप्रवर्तनको नेतृत्व गर्ने दृष्टिकोण मार्फत, भिभोले आफ्ना ग्राहकहरूलाई प्रिमियम स्मार्टफोन अनुभव र कुशल ग्राहक समर्थनद्वारा खुसी पार्ने प्रयास गर्दछ । भिभो उपभोक्ताहरूसँग व्यक्तिगत सम्बन्ध स्थापना गर्न र ग्राहकहरुलाई हरेक चरणमा मद्दत गर्न प्रतिबद्ध छ । भिभो आफुले प्राप्त गरेको माया र सम्मानको प्रतिफलमा आफ्ना मूल्यवान ग्राहकहरूलाई सेवा प्रदान गर्न समर्पित छन् । आगामी दिनमा भिभोले यो विरासतलाई निरन्तरता दिँदै उपभोक्ता र ब्रान्डबीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्