Shikhar Insurance

नेपाल एसबीआई र लक्ष्मी बैंकले भोली/पर्सी नै लाभांश घोषणा गर्दै, कुनले कति ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १६:५७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एसबीआई बैंक र लक्ष्मी बैंकले १/२ दिन भित्रै लाभांश घोषणा गर्दैछन् । यी बैंकहरुलाई राष्ट्र बैंकले प्रिलिमनरी (प्रारम्भिक) वित्तीय वितरणको स्वीकृत दिएसँगै गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणाको बाटो खुलेको हो ।

कुनै पनि कम्पनी तथा संघ–संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सो आवको वार्षिक साधारण सम्पन्न गरिसक्नु पर्छ । बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक साधारणसभा सम्पन्न गर्नको लागि राष्ट्र बैंकमा सम्बन्धित आवको वित्तीय विवरण पेश गरी पारित गर्नु पर्ने व्यवस्था छ । राष्ट्र बैंकले सो वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति दिएपछि बैंक तथा वित्तीय संस्थाको संचालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा अर्थात प्रस्ताव गर्छन् । जसमा राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभामार्फत् पारित गरी लगानीकर्तामा वितरण गर्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

वार्षिक साधारणसभाको लागि हालसम्म राष्ट्र बैंकमा २२ वटा वाणिज्य बैंकहरुले वित्तीय विवरण पेश गरेका छन् । भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक सहित १२ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले प्रारम्भिक स्वीकृति दिएर समेत लाभांश घोषणा तथा केहीले वितरण समेत गरिसकेका छन् । बाँकी १० वटामध्ये नेपाल एसबीआई बैंक र लक्ष्मी बैंकलाई भने बिहिबार प्रारम्भिक स्वीकृति दिइएको राष्ट्र बैंक स्रोतले बताएको छ ।

‘अहिलेसम्म २२ वटा वाणिज्य बैंक आइसकेका छन्, जसमध्ये १४ वटालाई प्रिलिमनरी एप्रुवल दिईसकेका छौं, भने निफ्रा सहित १२ वटाले लाभांश प्रस्ताव पनि गरिसकेका छन् । एसबिआइ र लक्ष्मीले भने पछिल्लो पटक पाएका हुन् ।’–राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो ।

राष्ट्र बैंकले सम्बन्धित बैंकमा प्रिलिमनरी एप्रुवल पठाइसकेको हुँदा यी बैंकले बोर्ड बैठक बोलाएर भोली पर्सी नै लाभांश प्रस्ताव गर्नसक्ने स्रोतको भनाइ छ । ‘लाभांश प्रस्ताव लिएर आउनु भनेर भनिसकेका छौं, बोर्डबाट पास गराएर भोलीपर्सी नै आउँलान ।’

राष्ट्र बैंकबाट प्रिलिमनरी स्वीकृतको आधारमै बैंकहरुले लाभांश घोषणा गर्ने हुँदा घोषित लाभांश स्वीकृतको प्रकृया भने चाँडै हुने स्रोतको भनाइ छ ।

नेपाल एसबीआई र लक्ष्मीकोे लाभांश कति?

राष्ट्र बैंक सुपरिवेक्षण विभागले बैंकहरुद्वारा पेश गरिएका वित्तीय विवरणलाई स्वीकृत गरेपछि मात्र सम्बन्धित बैंकको सञ्चालक समितिले वार्षिक साधारण सभा तय गर्न पाउँछन् । वार्षिक साधारण सभाको मिति तय गर्दा आर्जित नाफाबाट सेयर लगानीकर्तालाई दिइने लाभांश समेत घोषणा सञ्चालक समितिले गर्छ ।

लक्ष्मी बैंकद्वारा सार्वजनिक गत आवको अपरिस्कृत वितीय विवरणअनुसार बैंकले गत आवमा १ अर्ब २५ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । सो अवधिमा बैंकको मौज्दात चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ हुँदा बैंकले सेयरधनीलाई १०.८७ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष सकिएको १५ दिनसम्म प्राप्त ब्याजलाई पनि आम्दानीमा लेखांकन गर्न पाउने सुविधा दिएको छ । लक्ष्मी बैंकले पछि साउन १५ अगावै वित्तीय विवरण प्रकाशित गरेको थियो । सार्वजनिक वित्तीय विवरणभन्दा राष्ट्र बैंकमा पेश भएको विवरणको सुचांश केही फरक रहेको हुँदा बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशतसम्म लाभांश वितरणको घोषणा गर्न सक्ने बैंक स्रोतले जानकारी दिएको छ ।

यता, नेपाल एसबीआईले समेत राष्ट्र बैंकबाट प्रारम्भिक वित्तीय विवरण स्वीकति पाइसकेको बैंकका सुचना अधिकृत विनोद कुमार दंगालले जानकारी दिए । बैंकले गत आवमा आर्जित १ अर्ब ४४ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजी ९ अर्ब ४९ करोड रुपैयाँ १५.२६ प्रतिशत लाभांश गर्न सक्ने क्षमता राख्छ । बैंकको संचालक समितिबाट प्रस्ताव भएर आउँदा उक्ता लाभांशमा केही परिवर्तन हुन सक्ने उनको अनुमान छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्