Shikhar Insurance

२ दिनमै वाणिज्य बैंकहरुको निक्षेप साढे ५अर्बले घट्यो, कर्जासमेत २ अर्बले घट्दा सीडी सहजमा

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १७:२६
NIMB
Nabil Bank

काठमाडौं । मंसिरको २ दिनमै वाणिज्य बैंकहरुको साढे ५ अर्ब रुपैयाँले घटेको छ । कार्तिक ३० गते मौज्दात निक्षेप मंसिर २ गते आइपुग्दा ५ अर्ब ४७ करोड रुपैयाँले घटेर ४५ खर्ब ५७ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको हो ।

कार्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप मौजदात थियो । मंसिरको २ दिनमै वाणिज्य बैंकहरुबाट करिब साढे ५ अर्ब रुपैयाँले निक्षेप बाहिरिएको संघको तथ्यांकले देखाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह समेत २ अर्ब २० करोड रुपैयाँले घटेको छ । गत कार्तिक ३० गतेसम्म कुल ४२ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले मंसिर २ गतेसम्म आइपुग्दा ४२ खर्ब १९ अर्ब २८ करोड रुपैयाँमा सिमित भएको छ ।

दुई दिनको अवधिमा निक्षेप संकलन साढे अर्बले घटेपनि कर्जा प्रवाह समेत २ अर्ब बढीले घट्दा वाणिज्य बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्था अर्थात् ८६.९१ प्रतिशतमा झरेको छ । गत कार्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुको औषत सीडी रेसियो ८७.१९ प्रतिशत कायम थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्