Shikhar Insurance

५ हाइड्रोपावरले पाए ९३ लाख १० हजार ५८० कित्ता आईपीओ निष्काशनको अनुमति, कुनको कति ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १८:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ वटा हाइड्रोपावर कम्पनीलाई साधारण सेयर (आइपीओ)निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले एशियन हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर र सुभम पावर कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।

लामो समय बोर्डमा आइपीओ जारी गर्न अनुमति माग्दै यी कम्पनीहरुले स्वीकृतिको पाइपलाइनमा बसेका थिए । बोर्डले कात्तिक २९ गते एशियन हाइड्रोपावरलाई र मंसिर १ गते बाँकी ४ वटालाई आइपीओ जारी गर्न स्वीकृति दिएको हो । बोर्डको स्वीकृतिसँगै अब यी ५ वटा हाइड्रो पावर कम्पनीहरुले ६ करोड ६७ लाख ८८ हजार रुपैयाँ बराबरको कुल ९३ लाख १० हजार ५८० कित्ता आइपीओ स्थानीय र सर्वसाधारणमा आईपीओ जारी गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

जसमध्ये एसियन हाइड्रोपावर कम्पनीको ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता, सुभम पावर कम्पनीले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८०हजार ५८० कित्ता, सुपरमादी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ ।

त्यस्तै, माया खोला हाइड्रोपावर कम्पनीलाई ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता र सुपरमाई हाइड्रोपावर लिमिटेडलाई १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आइपीओ जारी गर्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्