Shikhar Insurance

सेन्साई को “विश्वकप च्याम्पियन अफर” योजना सार्वजनिक

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १९:१४
NIMB
Nabil Bank

काठमाडौं । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले यो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगितालाई लक्षित गर्दै “विश्वकप च्याम्पियन अफर” नामक योजना  बजारमा सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा ३०,१०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै १ भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्नेछन। ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस् एम एस् गर्नुपर्नेछ। ग्राहकहरुले यो योजना मङ्सिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभरी पाउने कम्पनीले जनाएको छ ।

नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्