Shikhar Insurance

एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टको ४८ घन्टे ह्याकाथन “एस् इग्नाइट” सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार १९:०८
NIMB
Nabil Bank

काठमाडौं । नेपालको अग्रणी व्यवस्थापन संकाय कलेज एस् इन्स्टिच्युट अफ म्यानेजमेन्टले ४८ घन्टे ह्याकथन “एस् इग्नाइट” आयोजना समापन गरेको छ । नेपालका प्रतिभाशाली युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्धेश्यले  कार्यक्रम आयोजना गरेको हो ।

उक्त ह्याकथन प्रक्रारको अहिले सम्मकै पहिलो कार्यक्रम भएको आयोजकले दावी गरेको छ । ह्याकथनमा उपत्यका भित्र र बाहिर गरी १०० भन्दा बढी सहभागिहरु भएका यस ह्याकथनलाई जिट हब, डेभफोलियो, टास्केड, माइक्रोसफ्ट स्टुडेन्ट लर्न एम्बस्डर, पोलिगन, वर्ल्डलिन्क, माक्कुसे जस्ता राष्ट्रिय र अन्तर राष्ट्रिय संस्थाहरुको सहयोग रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

इभेन्ट लिड प्रज्वल श्रेष्ठले भने “विभिन्न क्षेत्रका युवा प्रतिभाहरुको क्षमता र समस्या समाधान गर्नको लागि उनीहरुले गरेको सिर्जनात्मक सहकार्यले पक्कै पनि सकरात्मक परिवर्तन ल्याउनेछ । हामीले गर्नैपर्छ र हामीले नै गर्न सक्छौँ भन्ने उनीहरुको मनोबल वास्तवमै प्रशंसनीय छ । उनीहरुको उत्साहजनक सहभागिताले पक्कै पनि ह्याकथनलाई वास्तवमै सफल बनाएको छ ।”

त्यस्तै, एस् इग्नाइटका मेन्टर मध्यका एक बेन्जिन दाहालले भने “विद्यार्थीहरु वास्तविक समस्या हरु समाधान गर्न को लागि एउटै प्ल्याट्फर्ममा आएर उनीहरुले गरेको सहकार्य सराहनीय छ । ह्याकथनको सबैभन्दा राम्रो कुरा भनेको उनीहरु आफ्नो इनोभेसनमा मात्र सिमित नभै त्यो इनोभेसन आवश्यक हुने ठाउँमा पुर्याउन पनि उत्तिकै प्रयासरत थिए ।”

कार्यक्रममा प्रमुख अतिथि शाओमीका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने “युवाहरु आँफैले नेत्रित्व लिएर युवाहरुकै लागि जुन ह्याकथन आयोजना गरे, त्यसमा हामी पनि सहभागि हुन पाउँदा एकदमै खुशी लाग्यो । आफ्ना नयाँँ सोच र आइडियाहरुलाई कसरी समाधानमुलक तरिकाले व्यवहारमा उतार्न सकिन्छ भनेर मिलेर काम गरेको देख्दा सार्है राम्रो लागेको छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्