Shikhar Insurance

५७ हजार नगद सहित ४१३ तोला चाँदी तस्कर गर्ने पक्राउ, बिगो जरिवनासहित मुद्दा दायर 

सिंहदरबार संवाददाता
२०७९ मंसिर ९, शुक्रबार १७:११
NIMB
Nabil Bank
काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैद्य रुपमा चाँदी तस्कर गरेको आरोपमा  एक जना विरुद्द मुद्दा दायर गरेको छ ।  विभागले बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८, बेलाहीका सरोज मिया मंसुर विरुद्ध राजस्व चुहावटको आरोपमा उच्च अदालत पाटनमा मंसिर ७ गते मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार कास्की जिल्ला  ईलाका प्रहरी कार्यालयका हंशपुरको टोलीले मंसुरको साथ ५७ हजार रूपैयाँ नगद सहित ४१३ तोला ५२ लाल चाँदीका विभिन्न किसिमका गहना बरामद गरेकाे थियाे । जसपश्चात प्रहरीले थप अनुसन्धानका लागि विभागमा पेश गरेको थियो । मंसुरको साथबाट  बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएको अवस्थामा सो सामान बरामत गरिएको हो ।
विभागले यसबारे थप अनुसन्धान गर्दा उनले राजस्व चुहावट गरेको पुष्टि भएको छ। उनी विरुद्ध ५ लाख ४४ हजार ८७५ रुपैयाँ बिगो जरिवना र  कैद सजाय सहित आयोगले  शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्