Shikhar Insurance

पोषक पौडेलको नेतृत्वमा जीवन बीमक संघमा नयाँ कार्यसमिति

सिंहदरबार संवाददाता
२०७९ मंसिर ९, शुक्रबार २१:०६
NIMB
Nabil Bank

काठमाडौं । जीवन बीमक संघको अध्यक्षमा पोषकराज पौडेल चयन भएका छन । शुक्रबार सम्पन्न संघको साधारणसभाले सिटिजन लाइफका सिईओ पोषक राज पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

साधारणसभाले पौडेलको अध्यक्षतामा सर्वसम्मतिले नयाँ  कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा नेपाल लाईफका सिईओ प्रवीण रमण पराजुली, महासचिवमा ज्योती लाइफका सिईओ प्रकाश विक्रम खत्री चयन भएका छन् । त्यस्तै,एशियन लाइफका सिईओ दिनेश लाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन्  । कार्य समिति सदस्यहरूमा एलआईसी नेपालका एलपि दास , रिलायबल नेपाल लाइफका नारायण बाबु लोहनी‌, आइएमई लाइफका कवि फुयाललाई चयन गरेको छ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्