Shikhar Insurance

निफ्राले पास गर्यो लाभांश, चार बर्से रणनीति अनुसार व्यवसाय गर्दै

सिंहदरबार संवाददाता
२०७९ मंसिर १०, शनिबार १९:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चौँथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाडौंमा सम्पन्न सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्र प्रसाद ढकाल, लालमणि जोशी, शंकर प्रसाद अधिकारी, सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा लगायत बैंक परिवारको उपस्थिती रहेको थियो ।

सभाले आर्थिक बर्ष २०७८/७९ कोे वित्तीय विवरणहरु सहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्ने प्रस्ताव एवं आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । साथै, बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५५ ले हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांस (लाभांस कर समेत) वितरण गर्ने प्रस्ताव र बैंकको प्रबन्धपत्र र नियमावलीमा समयसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालिन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनाहरुमा लगानिको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित बैंक हाल संचालनको चौँथो वर्षमा रहेको छ । आ.व. २०७८/७९ सम्म आईपुग्दा बैंकले ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको र सोही अवधिमा बैंकले १ अर्व २ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले मुलुकमा निर्माण हुने सबल तथा दीर्घकालिन पूर्वाधारहरुमा सफल अभ्यासहरु अंगालि सार्वजजिक तथा निजी क्षेत्रको सहकार्य र लगानी प्रबर्धन गर्ने विषयहरुलाई मुख्य आधार स्तम्भ बनाई चार वर्षे रणनीतिक योजना अनुरुप व्यवसायिक गतिविधिहरुलाई तिब्रता दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्