Shikhar Insurance

भावी अर्थमन्त्रीको खोजी, को को छन् लाइनमा ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ११, आईतवार १२:०८
NIMB
Nabil Bank

काठमाडौं । निर्वाचनको परिणाम अन्तिम रुझान तर्फ पुग्दै गर्दा भावी सरकार गठनको गृहकार्यमा दलहरु जुटिसकेका छन् । सत्तारुढ गठबन्धनले नयाँ सरकार गठनका लागि छलफल थालिसकेको छ भने एमाले नेतृत्वको गठबन्धनमा पनि त्यसका लागि आन्तरिक तयारीमा छ ।

काँग्रेसबाट शेर बहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र गगन थापाले प्रधानमन्त्री बन्ने घोषणा गरिसकेका छन् । एमालेबाट अध्यक्ष केपी नै प्रधानमन्त्रीका लागि एक मात्रै विकल्पमा रुपमा देखा परेका छन् ।
उता, नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमारले मुख नखोले पनि धेरै दलहरुलाई मिलाउनुपर्ने अवस्थामा आफ्नो खोजी हुन सक्ने औल्याउँने गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि आईपरे पार्टीकै नेतृत्वमा सरकार गठनका लागि अग्रसरता लिने बताईसकेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

पार्टीका शिर्ष नेताहरु प्रधानमन्त्री बन्ने दौडमा सामेल भैरहेका बेला दोश्रो तहका नेताहरु भने अर्थमन्त्री बन्ने दौडमा छन् । काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, एमाले र रास्वपा भित्र पनि अर्थमन्त्री बन्ने पात्रबारे सोधीखोजी सुरु भएको छ ।

काँग्रेसमा अर्थमन्त्री बन्ने तयारीसहित चुनावी मैदानमा गएका डा. विश्व पौडेल पराजित भएका छन् भने एमालेका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पनि पराजित भएका छन् । डा. पौडेल र पाण्डेलाई पराजित गरेका हरि ढकाललाई रास्वपाले अर्थमन्त्री बनाउन सक्छ । रास्वपा सरकारमा सहभागी भएको अवस्थामा सेयर लगानीकर्ता समेत रहेका ढकाल अर्थमन्त्री बन्न सक्छन् । उता, माओवादी केन्द्रका तर्फबाट वर्तमान अर्थमन्त्री जनार्दन शर्मा र पूर्व अर्थमन्त्री बर्षमान पुन नै अर्थमन्त्रीको प्रबल दावेदार हुन् । माओवादी केन्द्रको भागमा अर्थ मन्त्रालय परेको खण्डमा यीनै दुईमध्ये एकले अर्थमन्त्रीको जिम्मेवारी पाउन सक्छन् ।

काँग्रेसभित्र भने प्रधानमन्त्री बन्ने घोषणा गरेका गगन थापालाई अर्थमन्त्रीको जिम्मेवारी दिने सम्भावना छ । अर्का महामन्त्री विश्व प्रकाश शर्मा पनि अर्थमन्त्री बन्न सक्ने पात्र हुन् । काठमाडौं ५ बाट विजयी प्रदिप पौडेल अर्थमन्त्री बन्न सक्ने अर्का सांसद हुन् । नेपालका एक मात्र घोषित डलर अर्बपति बिनोद चौधरी पनि अर्थमन्त्री बन्ने सम्भावना रहन्छ । नेपालको इकोनोमिक डिप्लोमेसी बढाउन र आर्थिक सुधारका लागि काँग्रेसले उनलाई अघि सार्न सक्छ । यस अघि नै अर्थ राज्यमन्त्री बनिसकेका उदय शमशेर राणा पनि अर्थमन्त्रीका लागि अर्का दावेदार हुन् ।

एमाले सरकारमा सहभागी भएर अर्थ मन्त्रालयको जिम्मेवारी पाउने अवस्था आउँदा पूर्व अर्थमन्त्री बिष्णु पौडेल नै स्वभाविक हकदार हुनेछन् । त्यस बाहेक गोकर्ण बिष्ट, योगेश भट्टराई, गोकुल बास्कोटाहरु पनि अर्थमन्त्री बन्ने लाइनमा उभिन सक्छन् । माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादीको भागमा अर्थमन्त्रालय परेको अवस्थामा भने राजेन्द्र पाण्डे वा प्रकाश ज्वालालाई अघि सार्ने सम्भावना देखिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्