Shikhar Insurance

चुनावकै बीच ‘गुपचुप ७ लघु बीमा कम्पनी’लाई लाइसेन्स

सिंहदरबार संवाददाता
२०७९ मंसिर ११, आईतवार १८:४८
NIMB
Nabil Bank

काठमाडौं । बीमा प्राधिकरणले देश चुनावमा होमिएकै समयमा ७ लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको छ । तत्कालिन बीमा समितिले भदौ ५ गते सार्वजनिक सूचना प्रकाशित गर्दै ७ वटा लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने भनेको थियो । सोही सूचना बमोजिम असोज १३ गतेभित्र आवेदन दिएका ३१ कम्पनीमध्ये ७ वटालाई लाइसेन्सका लागि प्रारम्भिक सहमति(एलओआई) दिने निर्णय भएको हो । बीमा प्राधिकरणको साउन ३१ गते बसेको सञ्चालक समिति बैठकले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत गरेको थियो । सिंगो देश निर्वाचनमा होमिएको बेला प्राधिकरणले दीर्घकालिन महत्वको लघु बीमा कम्पनीलाई एलओआई दिने निर्णय गरेको हो ।

प्राधिकरणले तीन वटा लघु जीवन बीमा कम्पनी र चार वटा लघु निर्जीवन बीमा कम्पनीलाई एलओआई दिने निर्णय गरेको छ । लघु जीवन बीमा कम्पनी तर्फ गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स, क्रेष्ट माइको लाईफ इन्स्योरेन्स र लिबर्टी माइको लाईफ इन्स्योरेन्स रहेका छन् भने निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्राधिकरणले प्रदेशमा केन्द्रिय कार्यालय रहनुपर्ने व्यवस्थासहित ७५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गरेर लघु बीमा कम्पनीलाई लाइसेन्स दिने भनेको थियो । लघु बीमा कम्पनीहरुले चुक्ता पुँजीको कम्तिमा ५१ प्रतिशत रकम संस्थापकहरुले राख्नुपर्ने भनेको छ । ३० प्रतिशत हिस्सा भने सर्वसाधारणका लागि हुनै पर्ने व्यवस्था छ ।

सञ्चालक समितिको निर्णयमै शंका
बीमा प्राधिकरणले सात कम्पनीलाई संस्थापनाका लागि एलओआई दिने भनेको छ । प्राप्त ३१ आवेदनमध्ये छनौटमा परेका कम्पनीहरुको प्राप्ताक कति हो भन्ने समेत सार्वजनिक गरिएको छैन् । प्राधिकरणले कुन मापदण्डलाई आधार बनाएर कति अंक प्राप्त गरि कुन संयन्त्रको निर्णयका आधारमा एलओआई दिने निर्णय भएको हो ? भन्ने समेत खुलाएको छैन् । सिंगो मुलुक निर्वाचनमा होमिएका बेला प्राधिकरणले प्राप्त आवेदनहरु खोलेर मूल्यांकन गरेको थियो । निर्वाचन आयोगलाई भने निर्वाचन अवधीभर कुनै निर्णय नगर्ने भनि पत्र पठाएको प्राधिकरणले निर्वाचनकै बिचमा फाइल खोलेर मूल्यांकन गरेको हो । प्राधिकरणले कुन मितिमा लाइसेन्सका लागि एलओआई दिने निर्णय गरेको हो भन्ने सूचना समेत गोप्य राखेको छ ।

यी हुन आवेदक कम्पनीहरु
प्राधिकरणको आवेदन बमोजिम १५ लघु जीवन बीमा कम्पनी र १६ वटा लघु निर्जीवन बीमा कमपनीहरुले आवेदन दिएका थिए । जीवन लघु बीमा तर्फ स्वर्गद्वारी लघु जीवन बिमा, सुरक्षा लघु जीवन बीमा, हिमशिखर जीवन लघुबीमा, क्रेस्ट माइक्रो लाइफ, श्री शक्ति लघु जीवन बीमा, स्वदेशी लघुजीवन बीमा, जानकी लघु जीवन बीमा, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नति माइक्रो लाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ माइक्रो लाइफ, सीजी लाइफ इन्स्योर माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो लाइफ, लिबर्टी माइक्रो इन्स्योरेन्स र गरिमा माइक्रो लाइफ छन् ।

निर्जीवन लघुबीमातर्फ नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेस्ट माइक्रो इन्स्योरेन्स, एक्सप्रेस माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रो इन्स्योरेन्स, उन्नति माइक्रो जनरल इन्स्योरेन्स, मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स, गरिमा माइक्रो जनरल इन्स्योरेन्स, सीजी इन्स्योर माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, केयर माइक्रो जनरल इन्स्योरेन्स र अभियान लघु बीमा कम्पनी छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्