Shikhar Insurance

व्यवसायीलाई खुसी बनाउन बैंकको नाफामा राष्ट्र बैंकको कैँची, ०.४ प्रतिशतले घट्यो स्प्रेड

सिंहदरबार संवाददाता
२०७९ मंसिर ११, आईतवार २०:४०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायीक र राजनीतिक दबावमा बैंकहरुको नाफामा कैँची चलाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत राष्ट्र बैंकले बैंकहरुको स्प्रेड दर ०.४ प्रतिशतले घटाईदिएको हो । हाल बाणिज्य बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर अन्तर(स्प्रेड दर) ४.४ प्रतिशतमा काम गरिरहेका थिए । विकास बैंक र वित्त कम्पनीहरुका लागि ५ प्रतिशत स्प्रेड दर कायम थियो । अब भने राष्ट्र बैंकले बाणिज्यहरुको ब्याजदर ४ प्रतिशत बनाइदिएको छ भने विकास बैंक र वित्त कम्पनीहरुको स्प्रेड दर ४.६ प्रतिशत काम गरिदिएको हो ।

बैंकहरुको धेरै नाफा कमाएको भन्दै उद्यमी व्यवसायीहरुले निर्वाचन अघिसम्म आन्दोलन गरेका थिए । सरकारको अनुरोधमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले निर्वाचनसम्म आन्दोलन नगर्न अनुरोध गरेका थिए । सरकारले निर्वाचन लगत्तै ब्याजदर घटाउने नीति ल्याउने अनौपचारिक सन्देश पठाएपछि व्यवसायीहरु आन्दोलन रोक्न राजी भएका थिए । निर्वाचन लगत्तै राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत व्यवसायीको माग पुरा गर्दै बैंकहरुको आम्दानीमा कैँची लगाईदिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्