Shikhar Insurance

सनवे कलेजले हल्ट प्राइज आयोजना गर्दै

सिंहदरबार संवाददाता
२०७९ मंसिर १२, सोमबार १४:३९
NIMB
Nabil Bank

काठमाडौं । सनवे कलेजले यो वर्ष पनि हल्ट प्राइज प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजले उक्त कार्यक्रम आयोजना गर्न लागेको यो तेस्रोपटक हो ।

कलेजले आवेदकहरुमध्येबाट एक विद्यार्थीलाई हल्ट पुरस्कारको प्रतिनिधिको रुपमा छनोट गर्नेछ । यो वर्ष सनवे कलेजले कार्यक्रमको नेतृत्व गर्न सनवेका विद्यार्थी उदित कुमार महतोलाई क्याम्पस निर्देशक नियुक्त गरेको छ । महतोले आयोजक समिति छनोट, योजना सत्र र मेन्टरशिप, मिडियासँग साझेदारीलगायतका काम गर्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसपछि विद्यार्थीहरुको विचार प्रस्तुत गर्नका लागि आयोजक समितिले समूह दर्ता गर्नेछ । ती समूहलाई विभिन्न सत्रहरू, कार्यशालाहरू र तालिममा सहभागी गराइनेछ । अन्तिममा निर्णायकले दिएको अंकका आधारमा अन क्याम्पस कार्यक्रमको विजेता घोषणा गरिनेछ । घोषित भएका विद्यार्थी क्षेत्रीय अर्थात् सेमीफाइनल प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।

हल्ट पुरस्कार एक प्रतियोगिता हो । यसमा १२० देशमा १ लाख विद्यार्थीहरुलाई संयुक्त राष्ट्र दिगो विकासका लक्ष्य प्राप्तीका वार्षिक चुनौतीलाई सम्बोधन गर्न सक्ने प्रभावकारी स्टार्टअपहरू सिर्जना गर्न लगाइन्छ ।

फाइनलमा पुगेका विद्यार्थीहरुले विभिन्न चरणहरू (क्वालिफायर, क्वार्टरफाइनल, सेमिफाइनल, ग्लोबल एक्सेलरेटर र ग्लोबल फाइनलहरू) मार्फत आफ्नो स्टार्टअपलाई निर्णायकसामु पेश गर्छन् । निर्णायकले एउटा समूहलाई विजेता घोषणा गर्छन् र उक्त विजेता समूहले १० लाख अमेरिकी डलर कोष प्राप्त गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्