Shikhar Insurance

यी आधा दर्जन सहकारीले ठगे बचतकर्ताकाे ४ करोड बढी, कुन सहकारी विरुद्ध कति ठगीदावी?

एक जनाकै डेढ करोड रूपैयाँसम्म
सिंहदरबार संवाददाता
२०७९ मंसिर १२, सोमबार १५:००
NIMB
Nabil Bank

काठमाडौं । आधा दर्जन सहकारीले ४ करोड रुपैयाँ बढी ठगी गरेको दावी उजुरी परेको छ । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको सहकारीको नियामक निकाय सहकारी विभाग ६ वटा सहकारी संस्था विरुद्ध ४ करोड रुपैयाँ बढीको मागदावी सहित ठगीको उजुरी परेको हो । सो मागदावी सहित ठगीको ६३४ जना बचतकर्ताले चालु आर्थिक वर्षको पहिलो ४ महिनाभित्र मात्रै दिएका हुन् ।

विभागमा जय हनुमान बचत तथा ऋण सहकारी संस्था, सुख समृद्धि बचत तथा ऋण सहकारी, डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था, आरक्ष बचत तथा ऋण सहकारी र नवसंकल्प बचत तथा ऋण सहकारी र संरचना बचत तथा ऋण सहकारी विरुद्ध उजुरी बचतकर्ताले दावीमाग सहित उजुरी दिएका हुन् । यी सहकारीहरुले ठगेको भन्दै चालु आवको साउनदेखि कात्तिकसम्म ४ करोड ३० लाख ९२ हजार ६३३ रुपैयाँ बराबरको मागदावी उजुरी परेको विभागले जनाएको छ । जसमध्ये ४७ वटा उजुरी प्रहरी कारवाहीको लागि पठाइएको विभागले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विभागका अनुसार साउनमा जय हनुमान बचत तथा ऋण सहकारी संस्था र सुख समृद्धि बचत तथा ऋण सहकारी संस्थाले ठगेको भन्दै ४३ बचतकर्ताले उजुरी दिएका छन् । उनीहरुले १ करोड ३८ लाख ८७ हजार ९४४ रुपैयाँको मागदावीसहित उजुरी दिएका हुन् ।

साथै, गत भदौ महिनमा डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्थाले १ करोड ४५ लाख एक जना बचतकर्ता र आरक्ष बचत तथा ऋण सहकारीसंस्थाले १ करोड ४ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको भन्दै ५६३ जना बचतकर्ताहरुले उजुरी दिएका छन् ।

यस्तै, गत असोजमा नवसंकल्प बचत तथा ऋण सहकारी संस्थाले १७ लाख ४८ हजार ७४४ रुपैयाँ र कात्तिकमा संरचना बचत तथा ऋण सहकारी संस्था २५ लाख रुपैयाँ गरेको भन्दै १/१ जना बचतकर्ताले दावीमाग गर्दै उजुरी दिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्