Shikhar Insurance

लघुवित्तलाई लाभांशको अंकुश हट्यो, सीमाभन्दामाथि जगेडामा राखे जतिपनि वितरण गर्न पाउने

सिंहदरबार संवाददाता
२०७९ मंसिर १२, सोमबार १७:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई यसअघि लगाएको लाभांश वितरणको अंकुश हटाएको छ । कोरोनाको असर देखाउँदै राष्ट्र बैंकले यसअघिसम्म ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले विभिन्न शर्त सहित लगाएको लाभांश अंकश सोमबार एक परिपत्र जारी गर्दै हटाएको हो ।

राष्ट्र बैंकद्वारा लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकिकृत निर्देशन २०७८ मा गर्ने संशोधन/परिमार्जन/नयाँ थप ब्यवस्था ३०/७० प्रतिशतको दायरा हटाइएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघिसम्म लघुवित्त संस्थाहरुले खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो । जसमा संस्थाको २०७८ असार मसान्तमा कायम बचत÷निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने छैन ।

९ख० खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न नपाउने व्यवस्था थियो ।

तर, अब भने वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश ९नगद वा बोनस० वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्