Shikhar Insurance

पुँजी बजार ४०% र घरजग्गा व्यवसाय ४८%ले घट्यो, नीतिगत सहजिकरण हुनुपर्छ– महासंघ

सिंहदरबार संवाददाता
२०७९ मंसिर १३, मंगलवार १९:०४
NIMB
Nabil Bank

काठमाडौं। पछिल्लो समय मुलकको आर्थिक मन्दीका कारण घर जग्गा व्यावसायमा ४८ प्रतिशत र पुँजी बजारमा ४० प्रतिशतले गिरावट आएको निजी क्षेत्रले ठहर छ । सरकार र सम्बन्धित निकायहरुको नीतिगत सहजिकरण गर्दै सोको भरपाई गर्न निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले माग गरेका हुन् ।

मंगलबार महासंघले पत्रकार सम्मेलन गर्दै देशको बिग्रदो आर्थिक अवस्था प्रति चिन्ता व्यक्त गरेको हो। महासंघ अध्यक्ष गोल्छाले देशमा बढ्दो आर्थिक समस्याप्रति सबै पक्षलाई गम्भिर बन्न आग्रह गरे। अध्यक्ष गोल्छाले भने –‘आजभोली दैनिक दुखद समाचार आउन थालेको छ, बैकको किस्ता तिर्न नसकेर व्यावसायीले पासो लगाइरहेका छन् अब गम्भिर नबन्ने हो भने स्थिति भयवह हुन सक्छ। यस्तो अवस्थामा सरकारर राष्ट्र बैंकले गम्भिर भएर नीतिगत सहजिकरण गरिदिनुपर्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

गम्भिर समयमा एकले अर्कालाई दोषारोपण गरेर कसैले मुक्ति नपाउने अध्यक्ष गोल्छाको भनाई छ। सबै पक्षले हातमा हात मिलाएर अघि बढ्न अध्यक्ष गोल्छाले आग्रह गरे।

उद्योग वाणिज्य महासंघले दैनिक आर्थिक चक्रमा गम्भिर समस्या देखिन थालेको जनाएको छ। महासंघले गरेको अध्ययनमा आर्थिक सुचकहरु बिग्रन सुरु गरेको देखिएको हो।

महासंघले गरेको अध्ययनमा घरजग्गा कारोबार गतवर्षको तुलनामा ४८ प्रतिशतले गिरावट आएको छ। यस्तै पुँजी बजारमा करिब ४० प्रतिशत गिरावट आएको छ। बजारमा तरलता प्रवाह गर्ने घर जग्गा र पुँजी बजारको कारोबारमा गिरावट आएपछि नेपाली अर्थतन्त्रमा गम्भिर समस्या आएको हो।

महासंघले गरेको अध्ययनमा सिमेन्ट फलामे छड लगायत उद्योगमा ३० प्रतिशतको गिरावट छ। यस्तै दैनिक उपभोग्य सामाग्रीहरुको खपत १८ प्रतिशतले घटेको छ।

महासंघको अध्ययन अनुसार सबैभन्दा धेरै असर अटमोबाइल क्षेत्रमा परेको छ। जसमा ७५ प्रतिशतले गिरावट आएको छ। विमा व्यावसायमा ३० प्रतिशतले संकुचन आएको हो। यस्तै होटल तथा रेस्टुरेन्ट क्षेत्रमा ३० देखी ४० प्रतिशतले संकुचन आएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्