Shikhar Insurance

अछाममा व्यवसाय विस्तार रणनीति बोकेर नेशनल लाइफ, अभिकर्तालाई प्रशिक्षण

सिंहदरबार संवाददाता
२०७९ मंसिर १४, बुधबार ११:३१
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुदुर पश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा अछाम कार्यालयमा आबद्ध करिब १३५ जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भै बीमा ब्यबसाय गर्दै आउएका अभिकर्ताहरुलाई अभिकर्ता पेशामा व्यसायीक बनाउदै उनलेहरुको जिवनस्तर मा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनी ले यश प्रकारको कार्यक्रम आयोजना गरिएको बताए । साथै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऎन २०७९ का आधारभुत बिषयबस्तुको बारेमा पनि संक्षिप्त रुपमा प्रकश पारे ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका मार्केटिङ बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कर्यक्रममा उत्कृष्ट व्यवसाय गरि अछाम शाखाबाट चेयरपर्सन क्लबमा छनौट भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान पत्रबाट सम्मान गरे ।

उक्त कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले कम्पनीले तयार गरेको बार्षिक तथा मासिक स्किमहरुको बारेमा जानकारी गराएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्