Shikhar Insurance

लक्ष्मी लघुवित्त १३औं वर्षमा प्रवेश, ५६ जिल्लामा शाखा सञ्जाल विस्तार

सिंहदरबार संवाददाता
२०७९ मंसिर १४, बुधबार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था १२औं वर्ष पुरा गरी १३औं वर्षमा प्रवेश गरेको छ । २०६७ सालदेखि सञ्चलानमा आएको लक्ष्मी लघुवित्तले संचालनको १२औं वर्ष पुरा गर्दा ५६ जिल्लामा ९० वटा शाखा सञ्जाल मार्फत १ लाख ५ हजार ८८६ ग्राहकलाई सेवा प्रवाह गर्न सफल भइसकेको छ । संस्थाले यसअवधिमा आफ्ना सदस्यहरुसँग २ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने, ७ अर्ब ५७ करोड रुपैयाँ बढी कर्जा प्रवाह गरेको जनाएको छ ।

संचालनमा रहेका ६९ वटा लघुवित्तहरुमध्ये टेक्नोलोजी मैत्री हुनेमा लक्ष्मी लघुवित्त सबैभन्दा अब्बल रहेको बैंकका सीइओ प्रकाशराज शर्मा दावी गर्छन् । संस्थाले

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्त संस्थाहरुमबैंकको स्वाद चखाउने गरी स्थापना भएको लक्ष्मी लघुवित्तले आफ्ना सबै सेवा डिजिटलाइजेशन गरेर ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

लघुवित्त क्षेत्रमा पहिलो पटक सेन्ट्रलाइज कोर बैंकिङ सिस्टम सुरु गरेको हो भने, कनेक्ट आइपीएसमा आवद्ध भएर इसेवा, खल्ती लगायत वालेटमार्फत् कारोबार गर्ने र मोबाइल एप प्रयोगमा ल्याउने पनि लघुवित्तहरुमा लक्ष्मी नै पहिलो भएको उनको दावी छ ।

वर्षिकोत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्