Shikhar Insurance

सञ्चारमन्त्री कार्की तेस्रो कार्यकालका लागि संसद्मा प्रवेश

सिंहदरबार संवाददाता
२०७९ मंसिर १५, बिहीबार १५:२४
NIMB
Nabil Bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी भएका छन् ।

बिहिबार (आज) बिहान सम्पन्न मतगणनामा मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पिता कृष्णमोहन र माता अम्बिकाको कोखबाट २०१३ साल फागुन ११ गते भोजपुरमा जन्मिएका नेता कार्की २०२७ सालदेखि निरन्तर कांग्रेसको राजनीतिमा छन् ।

विसं २०६३ मा जलस्रोतमन्त्री, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गरेका उनी २०७८ सालमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् । यसअघि २०७४ सालमा उनी सुनसरी क्षेत्र नं ४ बाटै प्रतिनिधिसभामा निर्वाचित थियो ।

विसं २०५८ देखि हालसम्म कांग्रेसको केन्द्रीय सदस्य रहेका उनी कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । उनले राजनीतिक जीवनका क्रममा भोजपुर र विराटनगरमा गरी चार वर्ष जेल जीवन बिताएका थिए।

उनी सुनसरीको बराह नगरपालिका-१० प्रकाशपुरमा स्थायी बसोबास गर्दै आएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर रेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्