Shikhar Insurance

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

सिंहदरबार संवाददाता
२०७९ मंसिर १५, बिहीबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.२२ अङ्कले उकालो लागेर १९६१.०६ को विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८२ अङ्कले उकालो लागेर ३८३.६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ । यस्तै १० उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका २४१ कम्पनीको ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ मूल्यमा खरिद बिक्री भए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्सेका अनुसार कारोबारका आधारमा नबील बैंक शीर्ष स्थानमा छ । सो बैंकको १४ करोड ४५ लाख ५६ हजार ७९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । त्यस्तै एनसिसी बैंकको संस्थापक सेयर ८ करोड १३ लाख ५९ हजार ११५, हिमाल दोलखा हाइड्रोपावर ७ करोड ७१ लाख ९४ हजार २३५, हिमालयन डिस्टिलरी ७ करोड २ लाख १५ हजार ८५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था ४ करोड ४९ लाख ६० हजार ३२७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेकाअनुसार धौलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेतगङ्गा हाइड्रोपावर ९.२१ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशन ५.०८, स्वाभिमान लघुवित्त ४.९५ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ४.३९ प्रतिशतले कमाएका छन् ।

यस्तै सिटिजन म्युचुअल फण्ड एक ३.६४, घलेम्दी हाइड्रोपावर २.६३, रुरु जलविद्युत् परियोजना २.५३, सयपत्री हाइड्रोपावर २.४७ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले २.४० प्रतिशतले गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्