Shikhar Insurance

एउटै व्यक्ति चोरी मुद्दामा पाँचौँपटक पक्राउ

सिंहदरबार संवाददाता
२०७९ मंसिर १६, शुक्रबार ११:४१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा ४ लाख ८८ हजार चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ तामाङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा सङ्लग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

तामाङ यसअघि विसं २०६९ मा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट १८ लाख रुपैयाँ धरौटीमा छुटेको र गत साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् ।

प्रहरीले पक्राउ तामाङसँग एक हजार दरको नोट ४०९ थान, ५ सय दरको नोट ८० थान, एक सय दरको नोट १७५ थान, ५० दरको नोट १७५ थान, २० दरको नोट ३५० थान, १० दरको नोट ४४० थान र पाँच दरको नोट १८० थान बरामद गरेको छ । पक्राउ तामाङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए।

 

GBIME

प्रतिक्रिया दिनुहोस्