Shikhar Insurance

अर्थतन्त्र सुधार्न नयाँ सरकारले तुरुन्तै गर्नुपर्ने पाँच काम(भिडियोसहित)

बिष्णु कुमार अग्रवाल, अध्यक्ष-नेपाल उद्योग परिसंघ
२०७९ मंसिर १९, सोमबार ०९:४०
NIMB
Nabil Bank

देशमा प्रदेश र संघको निर्वाचन सम्पन्न भैसकेको छ । केहिदिनभित्रै निर्वाचनको अन्तिम परिणाम प्राप्त हुँदैछ । निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका विषयमा छलफल सुरु भएका छन् । नयाँ जनादेश र नयाँ उर्जासहित राजनीतिक दलहरु देश बनाउने अभियानमा जुट्ने तयारीमा छन् । हामी निजी क्षेत्रले पनि निर्वाचनको परिणाम र दलहरुको देश बनाउने हुटहुटीबाट उर्जा प्राप्त गरेका छौं ।  पछिल्लो समय देशको अर्थतन्त्रले जुन समस्या भोगिरहेको छ, अब बन्ने नयाँ सरकारले संकटमा रहेको अर्थतन्त्रलाई सवल बनाउने अपेक्षा हामी निजी क्षेत्रले गरेका छौं ।

अब जुन नयाँ सरकार बन्छ, त्यो स्थिर सरकार बन्छ । जसले ५ वर्षका लागि स्थिरता दिन सकोस् । उद्योगी व्यवसायीहरुले अहिले जुन समस्या भोगीरहेका छन्, ति समस्या समाधानलाई प्रथामिकतामा राखेर गहन अध्ययन गरेर तुरुन्तै हल गर्छ भन्ने विश्वास छ । हामीले हाम्रा समस्याहरुको पहिचान र समाधानका उपायहरु समय समयमा दिँदै आएका छौं । मेरो विचारमा नयाँ सरकारले अर्थतन्त्रलाई सुधार गर्न, रोजगारी सृजना गर्न, व्यापार घाटा कम गर्न र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न मुलत पाँच वटा काममा तत्कालै ध्यान दिनुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिलेको सबैभन्दा ठुलो समस्या तरलताको अभाव, बैंकको उच्च ब्याजदर र मागको संकुचन नै हो । त्यो समस्यालाई सरकारले सबैभन्दा पहिले समाधान गर्नुपर्छ । त्यसका लागि धेरै उपायहरु पनि छन् । पहिलो कुरा भनेको सरकारले सकारात्मक दृष्टिकोण राखेर दिर्घकालिन योजनासहित तत्काल देखिएका समस्याहरुको समाधानमा जुट्नुपर्छ । उद्योगी व्यवसायीहरुको मनोवल कमजोर भएका कारण पनि आन्तरिक तथा बाह्य लगानीहरु धेरै घटेको छ । सरकारले लगानीलाई प्रोत्साहन गर्न आवश्यक छ । किनभने, त्यसले मागको सृजना गर्छ, अर्थतन्त्रमा बाहिरबाट स्रोतहरु आउँछ । चाँडै भन्दा चाँडै १२ हजार मेगावट जलविद्युत आयोजना अघि बढाउनुपर्छ । त्यसका लागि पीपीए दर चेन्ज गर्नुपर्छ । पाइपलाईनमा रहेको १२ हजार मेगावटको प्रोजेक्टहरु खुल्ला गर्दा अर्थतन्त्रमा आउँदो ५ वर्षको लागि २ हजार अर्ब जतिको लगानी आउँछ । यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ । यसमा बाह्य लगानी ल्याउनका लागि पनि प्रोत्साहन गर्नुपर्छ र समयमै काम सम्पन्न गर्नका लागि पनि प्रोत्साहन गर्नुपर्छ ।

उत्पादनमुलक उद्योगले पनि आयात प्रतिस्थापनमा ठुलो महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । त्यो आयात प्रतिस्थापनको जुन भुमिका छ त्यसलाई प्रवरद्धन गर्दै उत्पादनमुलक उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्छ । उत्पादनमुलक उद्योगलाई प्रवर्द्धन गर्नका लागि भारतको हिमाञ्चल प्रदेश ठुलो उदाहरण हुन् सक्छ । त्यहाँ औद्योगीक पार्कलाइृ प्रवर्द्धन गरेर लाखौं रोजगारी सृर्जना भएको छ । ठुलो मात्रामा लगानी गर्न सकेका छन्, पहिले उद्योगमा केही पनि नभएको ठाँउ अहिले उद्योगका लागि भारतमै ‘हब’ भइसकेको छ । त्यस्ता खालको उदाहरण बंगलादेश लगायत अन्य देशहरुमा पनि रहेको छ ।

उद्योग हबको अवधारणा नेपालमा पहिले देखिनै रहेको छ तर त्यसलाई प्रथामिकतामा राखेर निजी कम्पनीहरुलाई सञ्चालन गर्न दिईएको छैन् । अब औद्योगीक क्षेत्रहरु सञ्चालन गर्न निजी क्षेत्रलाई पनि दिइनुपर्छ । त्यसले औद्योगिक वातावरण सृर्जना गर्न मदत गर्छ । सुचन प्रविधिमा नेपालको ठुलो एडभान्टेज छ, मेनपावर उपलब्ध छ, त्यहि अनुसार विद्युत पनि सस्तो उपलब्ध छ, स्पेस पनि सस्तो छ । इन्टरनेट बेनिफिट पनि फराकिलो छ । यो सबै एडभान्टेजहलाई लिएर आईटीको इन्फ्रास्ट्रक्चर बनाउनुपर्छ । यो काम चाँडै गर्नुपर्छ, किनभने आज भएका एडभान्टेजहरु भोलिका दिनमा नहुन पनि सक्छ । कुनै पनि विकसित देशहरु हेर्ने हो भने, त्यँहा प्रोजेक्ट इप्लिीमेन्टेशन क्यापाबिलिटी(योजना कार्यान्वयन क्षमता) धेरै राम्रो हुन्छ । समयमै काम सकेको हुन्छ । त्यस्ता खालको क्षमता हामीले पनि नेपालमा डेभलप गर्नुपर्छ । कुनै पनि देशको विकासको लागि यो आवश्यक छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्