Shikhar Insurance

१५ दिनमै वाणिज्य बैंकले थपे १५ अर्ब बढी निक्षेप, सीडीको सीमा सहजमा राख्न कर्जा १ अर्बमात्रै

सिंहदरबार संवाददाता
२०७९ मंसिर २१, बुधबार १३:५७
NIMB
Nabil Bank

काठमाडौं । मंसिरको १५ दिनभित्रै वाणिज्य बैंकहरुले १५ अर्ब रुपैयाँ बढी निक्षेप थप गरेका छन् । संचालनमा रहेका २६ वाणिज्य बैंकले मंसिर २ गतेदेखि मंसिर १६ गतेसम्म १५ अर्ब २४ करोड रुपैयाँ निक्षेप थप गरेका हुन् ।

गत मंसिर २ गतेसम्म वाणिज्य बैंकहरुमा कुल ४५ खर्ब ५७ अर्ब ८७ करोड रुपैयाँ निक्षेप मौज्दात थियो । जसमा १५ अर्ब २४ करोड रुपैयाँ थप भई मंसिर १६ गते आइपुग्दा ४५ खर्ब ७३ अर्ब ११ करोड रुपैयाँ पुगेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

संघद्वारा प्राप्त तथांकअनुसार मंसिर १६ गतेसम्म वाणिज्य बैंकहरुको औषत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.७६ प्रतिशत कायम छ । निक्षेप थप भएपनि सो अवधिमा वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँमात्रै थप कर्जा प्रवाह गर्दा सीडी रेसियो सहज अवस्था कायम भएको हो ।

गत मंसिर २ गतेसम्म वाणिज्य बैंकहरुले कुल ४२ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा १५ दिनको बीचमा १ अर्ब १ करोड रुपैयाँ थप वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्