Shikhar Insurance

प्रभु र सेञ्चुरीबिच प्राप्तिको अन्तिम सम्झौता, पुस भित्रै एकीकृत कारोबार

सिंहदरबार संवाददाता
२०७९ मंसिर २१, बुधबार २२:२७
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच प्राप्ति (एक्विजिसन) सम्बन्धि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई बैंकले पुस मसान्तदेखि संयुक्त कारोबार सुरू गर्नेगरि सम्झौता गरेका हुन् ।

सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेश सिंह खड़का र सेञ्चुरी कमर्सियल बैंक संयुक्त एक्विजिसन समिति सदस्य मनबहादुर राईले हस्ताक्षर गरे ।                                                                                                        प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले भदौ २० गते सैद्धान्तिक सहमति  दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

लामो समयको नेगोसिएशन पछि प्रभु र सेञ्चुरी बैंकबीच १ बराबर १ स्वाप रेसियोमा मर्जर सम्झौता भएको थियो । साउन १५ गतेको सो सम्झौताअनुसार मर्जरपछि प्रभु बैंककै सीइओ र अध्यक्ष रहने छन् भने सञ्चालक समितिमा सेञ्चुरी बैंकबाट वरिष्ठ डेपुटी सिईओ र ३ जना प्रतिनिधि राख्ने सम्झौता भएको छ ।

प्रभु बैंकको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छभने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । दुई बैंक मर्जरपछि २२ अर्ब २५ करोड चुक्ता पुँजी कायम हुनेछ

GBIME

प्रतिक्रिया दिनुहोस्