प्रिमियममा आईपीओ जारी गर्न भगवती हाइड्रोपावरले दियो बोर्डमा आवेदन,प्रतिकित्ता ११६ रुपैयाँ

सिंहदरबार संवाददाता
२०७९ मंसिर २२, बिहीबार १५:५६

प्रिमियम मूल्यमा आईपीओ निष्काशनको माग गर्दै भगवती हाइड्रोपावरले दियो बोर्डमा आवेदन, प्रतिकित्ता ११६ रुपैयाँ

काठमाडौं । साधारण सेयर (आईपीओ) जारी गर्न स्वीकृतिको माग गर्दै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रिमियममा मूल्यमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता ११६ रुपैयाँका दरले १६ करोड ५८ लाख रुपैयाँ ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्काशन गर्न मंसिर २० गते बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले स्थानीय र सर्वसाधारणको लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीको उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्