Shikhar Insurance

एलन मस्कलाई पछि पार्दै लुईस भ्याटनका साहु बने संसारकै धनी

सिंहदरबार संवाददाता
२०७९ मंसिर २२, बिहीबार १६:५७
NIMB
Nabil Bank

काठमाडौं । लुईस भ्याटनका मालिक बर्नार्ड अर्नाल्ड संसारकै सबै भन्दा धनी व्यक्ति बनेका छन् । टेस्ला कम्पनीका मालिक एलन मस्कलाई पछि पार्दै अर्नाल्ड संसारकै धनी व्यक्ति बनेका हुन् । मस्क भने दोश्रो स्थानमा झरेका छन् ।
७३ वर्षिक फ्रान्सेली नागरिक अर्नाल्ट लक्जरी ब्रान्ड लुइस भ्याटनको कुल सम्पति १८६.३ बिलियन डलर छ । ट्विटर खरिद गरेका मस्कको कुल सम्पत्ति १८५.४ बिलियनमा झरेको थियो ।

भारतका गौतम अडानी धनीको तेस्रो स्थानमा छन् । अडानी समूहका प्रमुख गौतम अडानीको कुल सम्पत्ति १३४.८ बिलियन डलर छ । योसँगै अमेजनका संस्थापक जेफ बेजोस चौथो स्थानमा छन् र उनको सम्पति १११.८ बिलियन डलर छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्