Shikhar Insurance

‘लगानी योग्य पुँजीको अभाव छैन्, बैंकहरुले अहिले पनि १९८ अर्ब कर्जा दिन सक्छन्’

पर्शुराम कुँवर क्षेत्री
२०७९ मंसिर २६, सोमबार १३:१८
NIMB
Nabil Bank

काठमाडौं । तरलताका सम्बन्धमा केही मिडियाहरुले र जानकारहरुले नै बैंकहरुमा तरलताको समस्या छ भनेर एकोहोरो रुपमा भनेर सर्वसाधारणमा गलत सूचना प्रवाह गरिएको छ। बैंकहरुमा कर्जा योग्य तरलताको समस्या थियो तर राष्ट्र बैकको ताज़ा तथ्यांकहरुले त्यस्तो तरलताको समस्या नभएको देखाँउछ।

२०७९ मंसिर २२ को राष्ट्र बैकको तथ्याँक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको (यस पछि “बैंकहरु” भनिएको) कर्जा निक्षेप अनुपात ८६.४१ प्रतिशत छ। यसका आधारमा र बैंकहरुले ९० प्रतिशतको कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भएकोले बैंकहरुले थप करीब १९८ अर्ब कर्जा दिन सक्ने देखिन्छ। गत आवको पछिल्लो ६ महिनामा बैंकहरुको कर्जा वृद्धि ३३ अर्बले मात्र बढेको र चालू आवको मंसिर २२ सम्म ४६ अर्ब (झण्डै ११ महिनामा कर्जा वृद्धि ७९ अर्ब) मात्र भएको सन्दर्भमा माथि उल्लेख भएको बैंकहरुको थप कर्जा दिन सकिने क्षमता रकम १९८ अर्ब उल्लेखनीय हो।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले राष्ट्र बैंकले पुरानो पुनरकर्जाको भुक्तानी अवधी पछि नयाँ पुनरकर्जा प्रदान गरेको छैन । २०७९ कार्तिकमा पुनरकर्जा बक्यौता करीब १०५ अबै भएकोमा अहिले ८० अर्बको हाराहारीमा बक्यौता रहेको देखिन्छ । यस मध्ये करीब ७०–७५ प्रतिशत पुनरकर्जाको म्याद आगामी पौष ५ र ६ गते सकिने बुझिएको छ । २०७९ पौष मसान्तपछि स्थानीय निकायहरुको रकम ८० प्रतितको सट्टा ५० प्रतिशत मात्र बैंकहरुको निक्षेपमा गणना गर्न पाउने भएकोले यसको असर ३१–३२ अर्बको पर्नेछ । हालको पुनरकर्जा बक्यौता र स्थानीय निकायहरुको निक्षेपको असर समावेश नगर्दा पनि बैंकहरुको थप कर्जा दिने क्षमता ८६ अर्ब हुने देखिन्छ।

२०७९ साउनमा बैंकहरुको निक्षेप १२३ अर्बले घटेको थियो भने कर्जा ९ अर्बले बढेको थियो । त्यसपछि हरेक महिनामा कर्जा भन्दा बढी निक्षेप बढेको छ । चालू महिनामा पनि मंसिर २२ गतेसम्म निक्षेप ३० अर्बले बढ्दा कर्जा २ अर्बले मात्र बढेको छ। चालू आवको झण्डै ५ महिनामा (मंसिर २२ गते सम्म) कर्जा ४६ अर्बले बढेको छ भने निक्षेप ५५ अर्बले बढेको छ। अहिले बैंकहरुसंग रहेको कर्जा योग्य तरलता र विगत ४ महिनामा कर्जाको तुलनामा निक्षेप उल्लेख्य रुपमा बढेको (निक्षेप वृद्धि १७८ अर्ब र कर्जा वृद्धि ३७ अर्ब) परिदृश्यमा बैंकहरुको कर्जा योग्य तरलता सुविधाजनक रहने देखिन्छ । माथिका तथ्यहरुले अहिले बैंकहरुमा कर्जा योग्य तरलता अभावको समस्या भन्दा पनि उच्च ब्याजदरको समस्या रहेको देखिन्छ।

बैंकहरुले आफुसंग रहेको सरकारी सुरक्षणपत्र धितो राखि राष्ट्र बैंकबाट लिने रिपों एसएलएफ रकमको बक्यौता रकम क्रमशः घट्दै २०७९ मंसिर २५ मा २६.०१ अर्बमा घटेको छ । यस मध्ये बैंकहरुले २०७९ मंसिर १५ गते लिएको रिपो २० अर्ब मंसिर २९ गते चुक्ता भुक्तानी हुनेछ । बैंकहरुले २०७९ असार ९ गते राष्ट्र बैकबाट लिएको रिपो-एसएलएफको वक्यौता रकम २४७.१८ अर्ब थियो । यो रकम अहिले सम्मकै उच्च बक्यौता रकम हो ।

चालू आवको शुरु देखि नै अन्तर बैंक ब्याजदर वार्षिक ८.५ प्रतिशतको हाराहारीमा भएकोमा केही दिन देखि मुद्रा बजारमा ब्याजदर घट्दै गएको छ। २०७९ मंसिर २५ गते अन्तरबैंक कारोबार वार्षिक ६.५ प्रतिशतको हाराहारीमा भएको वुझिएको छ । अहिले करीब १२–१३ वाणिज्य बैंकहरु अन्तरबैंक बजारमा सापटी दिन सक्ने अवस्थामा रहेको बुझिएको छ। यस्तो परिस्थितिले आगामी दिनमा (२०७९ मंसिर २६ कै ट्रेजरी विल्सको वोलकवोलमा समेत) सरकारी सुरक्षणपत्रमा समेत ब्याजदरमा कमी आउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

बैंकहरुको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था, उच्च ब्याजदर आदीका कारणले कर्जाको मागमा कमि, बैंकहरुले राष्ट्र बैंकबाट लिने रिपों–एसएलएफमा उल्लेख्य गिरावट, अन्तरबैंक व्याजदरमा उल्लेख्य गिरावट आदीका कारणले आगामी २०७९ पौष १ गतेबाट लागु हुने गरि निक्षेपको ब्याजदर राम्रै घट्ने देखिन्छ । वार्षिक १२.१३३ प्रतिशतमा निक्षेप लिएर अन्तरबैंक बजारमा वार्षिक ६.५ प्रतितशको हाराहारीमा सापटी दिनुको कुनै अर्थ राख्दैन् ।(क्षेत्री पूर्व बैंकर हुन् )

 

GBIME

प्रतिक्रिया दिनुहोस्