Shikhar Insurance

लघुवित्त कम्पनी बिरुद्धका सबै आन्दोलन स्थगित, चितवनमा यस्तो भयो १२ बुँदे सहमति

सिंहदरबार संवाददाता
२०७९ पुष ६, बुधबार ११:५५
NIMB
Nabil Bank

काठमाडौं । लघुवित्त कम्पनीहरुका विरुद्ध जारी आन्दोलन स्थगित भएको छ । लघुवित्त कम्पनीहरुका विरुद्ध आन्दोलनरत संघर्ष समिति र नेपाल लघुवित्त बैंकर्स संघबीच चितवनमा १२ बुँदे सम्झौता भएको हो ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले दुबै पक्षबीच सहमति बनेसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित भएको बताए । ‘आन्दोलनरत पक्ष र हाम्रोबीचमा समझदारी बनेको छ, उहाँहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्नु भएको छ ।’, लक्ष्मी लघुवित्तका सिईओ समेत रहेका संघका अध्यक्ष शर्माले सिंहदरबारसँग भने ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौता पत्रमा लघुवित्त बैंकर्स संघका महासचिव राम बहादुर यादव र संघर्ष समितिका तर्फबाट पनि महासचिव प्रेम बहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्